×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको सेयर किन्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंकको सेयर किन्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चैत्र २९ गते गरिमाको ७०% हकप्रद सुरक्षित गर्न सेयर किन्ने अन्तिम दिन हो । प्राप्त जानकारी अनुसार बैंकले १०ः७ अनुपातमा हकप्रद बिक्री गर्न बुधबारदेखि बुक क्लोज गर्दैछ । बुक क्लोज मितिभन्दा अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा मंगलबार नै गरिमाको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउने छन् । गरिमाले बैशाख १४ देखि जेठ १७ गतेसम्म ९० लाख ७६ हजार २९६.६६ कित्ता हकप्रद सेयरको बिक्री खुला गर्दैछ ।
गरिमाको हकप्रदमा एस क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गरिमाको चुक्ता पुँजी एक अर्ब आठ करोड पाँच लाख ११ हजार ५१० रुपैयाँ छ । गरिमाले १५ करोड ९५ लाख ४७ हजार ९१० रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ २८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: