बैसाख ४ गते सोमबार र आगामी शुक्रबार सार्वजनिक विदा !
Powered by Blogger.
बैसाख ४ गते सोमबार र आगामी शुक्रबार सार्वजनिक विदा !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं- सोमबार (बैसाख ४ गते ) र आगामी शुक्रबार सरकारले सार्वजनिक विदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको हैसियतमा पहिलो विदेश भ्रमणको लागि भोली सोमबार छिमेकी राष्ट्र भारत प्रस्थान गर्ने र शुक्रबार फर्किने कार्यक्रम रहेकोले प्रस्थान गर्ने र फर्किने दिन विदा दिइएको हो ।

आज अपराहन्न ४ बजेपछि बसेको मन्त्रीपरिषद्को बैठकमा दुवै दिनको विदा संवन्धी प्रस्ताव पास भएको हो। सरकारले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आएको दिन विदा दिदाँ चर्को आलोचना भएको थियो । 

प्रकाशित मिति : Sunday, April 16, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...