×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रकाश अर्यालको २९ नम्बरको संयोग !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – डीआईजी प्रकाश अर्याल प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रहरी महानिरीक्षक नियुक्ति सिफारिसका लागि गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुखसहितको चार सदस्यीय कार्यसम्पादन तथा मूल्याङ्कन समिति गठन गरेको थियो । उनीहरुले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको बताइएको छ ।
२९ को संयोग !
आइजीपी प्रकाश अर्यालका २९ लाइ लिएर थुप्रै संयोगहरु छन् । २०४४ साल चैत २९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पास भएका अर्याल प्रहरी संगठनमा प्रवेश गरेको ठ्याक्कै २९ बर्षमा संगठनको प्रहरी महानिरीक्षक बनेका छन् ।
यसो त प्रहरी नियमावलीमा कुनै संसोधन नभए २०७४ चैत २९ मा ३० बर्षे अवधिका कारण उनी सेवानिवृत्त हुनेछन् । २९ बर्षीय कार्यकालमा सिआइबी प्रमुख हुँदा बरामद भएको ३५ किलो सुनको सुराकी विषयमा विवादमा उनी तानिएका थिए । उनको करियरमा लागेको यहि एउटा दाग हो । यद्यपी उनले यसमा पनि सफाई पाएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: