×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ एक्स्पो आयोजकको ‘झुटको खेती’, विज्ञप्तिलाई गिज्याईरहेछन् यी तस्विरहरु (७ प्रतिनिधि फोटो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा पहिलोपटक आयोजना भएको बैंकिङ एक्स्पो सुपर फ्लप भएको धेरैलाई अवगत हुँदा पनि बैंकले एक्स्पोको तथ्य नबुझेकाहरुको आँखामा छारो हाल्ने प्रयास गरेको छ । आयोजकले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै एक्स्पोमा ६५ हजार दर्शक आएको झुटो दावी गरेको छ । अर्थ सरोकार डटकम तीनै दिन एक्स्पोमा गइ स्थलगत रिपोर्ट तयार गरिरहंदा ३ दिनमा आयोजकले बोलाएका अतिथि, स्टलमा सहभागी कर्मचारी र पत्रकार छोडेर २००० ले पनि एक्स्पो भ्रमण गरेका थिएनन् । विभिन्न बैंकहरुले आफ्नो स्टलमा राखेको तथ्यांक हेर्ने हो भनेपनि २००० दर्शक पुग्दैनन् । एक्स्पोभर सबैभन्दा बढी भीडभाड भएको बूम रेमिटको स्टलमा ३ दिनमा करिव ५०० हाराहारी दर्शक पुगेका छन् ।
आयोजकको भनाइ पत्याउने हो भने ३ दिनमा ६५ हजार अवलोकन गर्दा दिनमा औसतमा २० हजार बढी अवलोकनकर्ता हुनुपर्छ । तर हामीले तीनै दिन खिचेका तस्विरहरुमा कहीं कतैपनि २० हजार दर्शकको चहलपहल देखिएको छैन । आयोजकसँग पनि त्यो भीडको प्रमाण छैन । हुन त भीड नै नभएपछी प्रमाण कहाँ हुन्छ र ? २०० दर्शक एक्स्पो पुग्दा जनसागर उर्लिएको झ्याली पिट्ने आयोजकले ६५००० त के ६५०० ले मेला अवलोकन गरे भन्ने समेत पत्याउने आधार छैन ।
६५००० अवलोकनकर्ता भएको भए यिनले यस्तो फुर्सद पाउँथे होला र ?
६५००० अवलोकनकर्ता भएको भए यिनले यस्तो फुर्सद पाउँथे होला र ?
      
दिनमा औसतमा २० हजार दर्शक भएको भए बाहिरको माहोल यति सून्य हुन्थ्यो र ?
दिनमा २० हजार अवलोकनकर्ता भएको भए स्टल यति सून्य हुन्थ्यो होला र ?
६५००० अवलोकनकर्ता भएको एक्स्पोमा स्टलमा बस्नेले यस्तो फुर्सद पाउँछन् र ?
यहि हो आयोजकले देखेको भीड ! यसलाई कतिपटक गन्दा ६५००० पुग्छ कुन्नि !
दिनमा २० हजार दर्शक आएको भए यस्तो फोटो खिच्ने अवसर जुटथ्यो होला र ?
यता बैंकमा खाता खोलेको कुरालाई लिएर पनि आयोजकले नमीठो झुट बोलेको छ । आयोजकले ३ हजार ९ सयले एक्स्पोमा खाता खोलेको झुटो दावी गरेको छ । किनकि एक्स्पो पुग्ने पूरै दर्शकको संख्या नै त्यति थिएन । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एनसीसी बैंकका प्रतिनिधिले तीन दिनमा झन्डै १५० जनाले आफ्नो स्टल हेर्न आएको बताएका थिए । यस्तै एनएमबी, प्रभु, सेन्चुरी, नेपाल इन्भेष्टमेन्ट लगायतले पनि तीन दिनमा झन्डै ४०० भिजिटरले आफ्नो स्टल घुमेको बताएका थिए । कार्यक्रममा निकै कमले मात्र खाता खोलेका छन् । यसो त उक्त कार्यक्रममा स्टल राखेकाहरुमध्ये थोरैमात्र स्टलमा त्यहाँ खाता खोल्न सक्ने व्यवस्था थियो । 
आफ्नो बैंकमा जम्मा २७ जनाले खाता खोलेको बताउंदै एक बैंकका प्रतिनिधि भन्छन्, ‘३ हजार ९ सय भिजिटर नै आएका छैनन् । सबै बैंक गरेर त्यस्तै १०० को हाराहारी खाता खोलिएको होला । यस्तो जिम्मेवार आयोजकले किन यस्तो भ्राकम विज्ञप्ति निकाल्छन् थाहा छैन । जनताको आँखामा छारो हालेपनि बैंकरहरु त्यति बुद्धु कहाँ हुन्छन् र ? बरु हामी असफल भयौं, अर्को पटक प्रयास गर्छौं भनेको भए सार्है राम्रो हुन्थ्यो। ‘

हेर्नुहोस् आयोजकको झुटो विज्ञप्ति 
योपनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: