×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डेढ करोड घोटाला प्रकरणसँगै कृष्णराजलाई कैलाशको ‘गुडबाइ’, अमृतचरण श्रेष्ठ नयाँ सीइओ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कैलाश विकास बैंकले नयाँ सीइओ पाएको छ । सीइओको पदमा अमृतचरण श्रेष्ठ आगामी ४ बर्षीय कार्यकालका निम्ति नियुुक्त भएका छन् । बैंकका वर्तमान सीइओ कृष्णराज लामिछानेको आगामी जेठ १३ गतेबाट कार्यकाल सकिने भएपछि बैंकले श्रेष्ठलाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । श्रेष्ठको कार्यकाल यही जेठ १४ गतेबाट सुरु हुुनेछ । नेपाली बैंकिङ क्षेत्रमा झण्डै ३० वर्ष काम गरेको अनुभव रहेका श्रेष्ठले यसअघि नबिल र एनसीसी बैंकमा समेत काम गरेका छन् । 
तर जाँदाजाँदै कैलाशको पोखरास्थित लामाचौर शाखाका प्रमुुख रविचन्द्र खनालले आठ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएको घटना सार्वजनिक भएपछी उनको विदाई सन्तोषजनक भने भएन । खनालले विभिन्न व्यक्तिहरुको खातामा जम्मा गर्न दिएको रकम अनधिकृतरुपमा आफ्नो खातामा जम्मा गरी करोडौ रुपैयाँ लिएर वैशाख १ गतेदेखि सम्पर्कविहीन भएका थिए भने बैंकमा डेढ करोडभन्दा बढी घोटाला गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: