×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छि ! यस्तो पनि खानु ! प्रान कम्पनीको लिची जुसभित्र भेटियो ढलजस्तो लेदो !

  • सुष्मा दुंगाना / अर्थ सरोकार डटकम 
कञ्चनपुर – प्रान कम्पनीको लिची जुसभित्र लेदो भेटिएको छ । कञ्चनपुरको पुनर्बासस्थित एक विद्यालयमा बुधबार दिउँसो यस्तो घटना घटेको हो । बोतलमा लेदो र ढुसी जमेको भेटिएको छ । झट्ट हेर्दा ढलजस्तो वा मानव मलमुत्र जस्तोदेखिने बोतलभित्रको उक्त लेदो के हो भन्ने स्पष्ट ठम्याउन नसकेपनि बोतलभित्रको लेदो अखाद्य भन्ने कुरामा भने कसैको दुइमत छैन । 
विद्यालयका शिक्षकहरुले प्रान कम्पनीले उत्पादन गरेको लिची जुस किनेर ल्याएपछि खोल्दा खान नमिल्ने देखिएपछि यस्तो खुलासा भएको हो । गर्मीको समयमा निकै बिक्ने जुसमध्येको एक हो यो । सस्तो रुपैयाँ र लिचीका स्वादका कारण चर्चित भएको यो जुसभित्र यस्तो लेदो भेटिएपछी अहिले कञ्चनपुरका अधिकांस ठाउँमा यो जुस नखाने भन्दै स्थानीयहरु आक्रोशित भनेका छन् । 
यता यस्तो घटना घट्दापनि बजार अनुगमन समिति भने ‘रमिते’ बनेको छ । ‘जुसमा खुलेआम लेदो भेट्टाउँदा पनि अनुगमन समिति केहि बोलेको छैन । हामीले खबर गर्दा उल्टै हाँसेर उडाउने काम भयो ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने ।     

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: