बैंकहरुमा निक्षेप तानातान प्रतियोगिता, यसकारण कर्जामा ब्याजदर तत्काल घट्दैन - बैंकर मनोज ज्ञवालीको विश्लेषण
Powered by Blogger.
बैंकहरुमा निक्षेप तानातान प्रतियोगिता, यसकारण कर्जामा ब्याजदर तत्काल घट्दैन - बैंकर मनोज ज्ञवालीको विश्लेषण

  • मनोज ज्ञवाली 
कर्जा लिएर कारोबार गर्ने सुरसारमा हुनुहुन्छ या बैकहरूले पख्नुहोस ब्याजदर घट्दा घटाउला नी भन्ने आश्वासनमा बस्नु भएको छ या ब्याजदर घटेर शेयर बजार बढ्छ भन्ने आशामा हुनुहुन्छ भने ढुक्क हुनुहोस् है कर्जामा ब्याजदर तत्काललाई घट्दैन। बैकिङमा चलिरहेका निम्न प्रतियोगिता, यो प्रतियोगितामा आक्रामक रुपमा प्रस्तुत धुरन्धर खेलाडिहरु तथा दुरगामी सोचका साथ नियमहरु ल्याईरहेको रेफ्रीको बारेमा केहि नभनौ भन्दा नी लागेको केही कुरा भनिएको छ ।


प्रतियोगिता नं १
बैक तथा बित्तीय संस्थाहरुले कल डिपोजिट को दर सेभिङ डिपोजिट को भन्दा बढि दिन नपाउने भन्ने व्यबस्था गरियो त्यसमा अझै थपेर न्युनतम सेभिङ रेट भन्दा बढि दिन नपाउने ब्यस्था गरियो। ब्यबस्था न्यायोचीत नै थियो तर बैकहरुले ल्याएको समाधान हेर्नुस।
चैत्र सकिनै लाग्दा केहि बैकहरुले सेभिङ को न्यूनतम दरलाई १ देखि ३ प्रतिशतबाट ५ देखि ६ प्रतिशत या ६ देखि ८ प्रतिशत गरिसके । यो प्रतियोगिताको शुरुवात हो अब अरु सबैले सिको गर्न बांकी नै छ। जुन बैकहरुले यसरी स्वाट्टै तीन चार गुणा घ,द्ध गुणा ब्याजदर बढाए नी उनीहरुले सोचेको होला की सारा कल डिपोजिट उनीहरुकोमा थुप्रीन्छ अनी सेभिङ १२ देखि १३ प्रतिशतमा मुद्दती निक्षेप नलिएमा कस्ट म्याच भइहाल्छ ।

या कल डिपोजिट को रेट घटेकोले बढेको बचत खाता निक्षेपको लागत केही हदसम्म म्याच भैहाल्छ भन्ने सोच होला। तर यो प्रतियोगीताले कस्ट अफ फन्डलाई लाई निरन्तर बढाउछ। अरुले नी यहि सिको गर्छन्।अब बैकहरुको २५ देखि ४० प्रतिशतसम्म रहेको सेभिङ डिपोजिटको कस्ट तीन चार गुणा बढ्यो भने कस्ट अफ फन्ड कहाँ पुग्छ ? जब कस्ट अफ फण्ड घट्ने छांट छैन भने कर्जामा ब्याजदर कसरी कसरी घटाउछन् बैकहरु ?


प्रतियोगिता नं २
कल डिपोजिट नभागोस् या अरुको तानौ भनेर मुद्दती निक्षेप भन्ने प्रोडक्टलाई स्ट्रक्चर फिक्स डिपोजिट,फेक्जिबल फिक्स डिपोजिटको नाममा बिफोर म्याचुरुटी जुनसुकै बेला पैसा झिक्न सक्ने गरी स्ट्रक्चर गर्दै डिपोजिट तानातान प्रतियोगिताले आफ्नै सेभिङ डिपोजिटको नै उच्च लागतको स्ट्रक्चर मुद्दती निक्षेपमा परिवर्तन हुन्छ ।

अरुको सेभिङ डिपोजिट त आउंछ तर आफ्नो फेरी यसै गरी अर्केले तानेर लैजान्छ। बैकिङ क्षेत्रमा मा समग्रमा नै बचतको लागत बढ्छ अनी पख्नुस् पख्नुस् ब्याज घट्दासाथ पहिला यहांकै कै ब्याज घटाउछु भनेर फकाउदै पठाएको कर्जाको लिएको ग्राहकलाई ब्याज कहिले र कसरी घटाउन ?


प्रतियोगिता नं ३
नियमनकारी निकायले कहिले सीसीडी को परिभाषामा मा परिवर्तन गर्ने त कहिले सीसीडी लाई सीडीमा परिवर्तन गर्छो भन्ने कुरा बोल्दै गर्दा बैक तथा वित्तीय संस्थाहरुले कसरी आफ्नो रणनिति बनाउने भन्ने कुरामा अन्यौल छ ।

यदि सीसीडी लाई सीडी मा परिवर्तन गरियो भने प्रोटफोलियो बनाउदै गरेका संस्थाहरुलाई गाह्रो पर्छ। एकातिर पुँजी लाई चार गुणा बढाउने अनी बढि आएको रकमलाई कर्जा प्रवाहमा उपयोग गर्न नपाउने हो भने नयाँ संस्थाहरुले डिपोजिट ग्रोथ रेट अझै बढाउनु पर्ने हुन्छ। यसरी निक्षेप तानातान प्रतियोगीता कायमै राख्न यो नयाँ ब्यबस्थाले सहयोग गर्छ कि गर्दैन ।

पहिला निक्षेप तानातान प्रतियोगीतामा समाबेस हुदै निक्षेपको ब्याजदर १३ देखि १४ प्रतिशत पुर्याउने अनी दिनकै कर्जा लिएका ग्राहकलाई लाई ब्याज बढेको एसएमएस आतंक पैदा गर्दा नियमनकारी निकायले निर्देशन जारी गर्ने शुरसार गर्देछ अब यो सेक्टर र फेग्जिबल मुती निक्षेपको प्रतियोगिताले अर्को आपद ल्याउदैन भन्ने कसरी ?

अनी अब कल डिपोजिट नभागोस् भनेर एक महिनाको मुधती निक्षेप,साताको हुँदा हुँदा अन्तराष्ट्रि अभ्यास भनेर एक दिनको लागि पनि मुद्दती निक्षेप लिने प्रतियोगीता शुरु गर्नु पुर्व हामी संयमित हुदै समग्र बैकिड़ क्षेत्रको हित समेतलाई ध्यान राखेर अघी बढ्न जरुरी हो या होईन ।

सम्बद्द निकायहरुले अब देख्यौ बचतकर्ताले उचीत प्रतिफल पाए भन्दै छाती फुलाउने की यो ब्याजदरमा ब्यापार ब्यबसाय या त चौपट हुन्छ या कर्जाको लागतले बढेको लागत प्रोडक्सन भन्दा दुई चार गुणा गुणा थपेर ब्यापारीले तिनै निक्षेपकर्ताबाट बाट असुल्छ भनेर केहि लामो सोच राख्नेरु जिम्मेवारीबोध कस्ले गर्ने खै

बैकहरुले नि आफूले निर्णय लिदा जिम्मेवार भई बैकिङ क्षेत्रको या सबै सरोकारवाला को बारेमा नसोची समस्याबाट मेरो संस्था कसरी उम्कीने भन्ने क्षणीक सोचका साथ निर्णय गर्दा बैकिड़मा अस्थीरता बढ्दो अनी विश्वास गुम्दो छ। आधीबेहरी र हुलमुलमा संयमित हुन अझ बढि जरुरी हुन्छ।

हुलमुल र आधीबेहरी क्षणिक हुन्छ संयमित भएमा स्थीती छिटै सामान्य हुन्छ भने ठेलमठेल र असंयमित ब्यबहारले कैयौको ज्यान जान्छ। दुरगामी सोचका साथ निर्देशन दिईरहेको नियमनकारी निकायको बारे मा के भनौ खैस समयले स्पष्ट पार्ने नै छ। जे होस् संकेतहरु राम्रो छैनन्स् संयमित होउं, जिम्मेवार अनी सुरक्षीत बनौ । साख नगुमोस्स सम्बद्द सबैलाई समय मै चेतना भया !

(लेखक ज्वोति विकास बैंकका डेपुटी सिइओ हुन्)

प्रकाशित मिति : Saturday, April 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , , , , ,

Loading...