×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिस एसइइ स्टार २०१७ आयोजना हुँदै

काठमाडौं –  कक्षा १० को परीक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गर्दै मिस एसइइ स्टार २०१७  को आयोजना हुने भएको छ । विभिन्न खालका ब्यूटी पेजेन्ट र इभेन्टहरु आयोजना गर्दै आएको भवानी इन्टरटेन्मेन्टले मिस एभरेष्टको सफलतासंगै मिस एसइइ स्टार गर्न लागिएको हो । 
कार्यक्रममा सहभागी हुन एसइइ परीक्षा दिइ बसेका छात्राहरुले फारम भरी अडिसनमा सहभागी हुनुपर्नेछ । अडिसनमा छनौट भए पश्चात् प्रतियोगीहरुलाई तालिम अवधि भर व्यक्तित्व विकास, भाषण कला, वागमती सफाइ अभियानमा, हाइकिङ, हेरिटेज वाक, पिकनिक, स्विमिङ र फोटो सुट आदि विषयमा तालिम तथा सहभागी गराइनेछ । एक महिनाभन्दा बढिको अवधिको तालिम र बिभिन्न चरणको प्रतिस्पर्धाबाट छानिने एक उत्कृष्टले मिस एसइइ २०१७ को ताज पहिरिने छिन् । 
विजेताले नगद सम्मानका साथै एक थान ल्यापटप उपहार पाउने छिन् । साथै विभिन्न खालका ट्रेनिङहरुको अवसर, म्यूजिक भिडियोमा अभिनय, विभिन्न कलेजहरुमा छात्रवृत्ति सहितको अध्ययनको अवसर लगायत अन्य उपहारहरु रहेका छन् । 
बैशाखको पहिलो हप्तादेखि तालिम सुरु भइ जेठको अन्तिम सातामा ग्राण्ड फिनाली मार्फत मिस एसइइ  स्टारको घोषणा हुने आयोजक भवानी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक शोनित ढंगेलले जानकारी दिनुभयो ।
थप जानकारीका लागि तलको लिंक क्लिक गर्नुहोस् :
https://www.facebook.com/Missseestar/ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: