×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

MS Word को प्रयोग गर्नुहुन्छ ? सावधान ! कम्प्युटर खतरामा छ ! यसरी बच्नुहोस्

काठमाडौँ – तपाईंको कम्प्युटरमा MS Word छ ? कार्यालयको काम गर्दा तपाईं यो सफटवेर प्रयोग गर्नुहुन्छ ? गर्नुहुन्छ भने अव सावधान हुनुहोला । तपाईंले गर्नुभएको एउटा सानो गल्तीले तपाइँको कम्प्युटरलाई खतरामा पार्न सक्ने तथ्य फेला परेको छ ।


एजेन्सीका अनुसार एन्टी भाइरस कम्पनी McAfee ले सुरक्षामा रहेको जोखिमको कारण साइबर अपराधीहरु गोप्य रुपमा प्रयोगकर्ताको कम्प्युटरमा भाइरस इन्स्टल गर्न सक्ने चेतावनी दिएको छ । या कम्पनीले समेत सबै खाले संस्करणका माइक्रोसफ्ट अफिसमा उक्त सुरक्षा कमजोरी फेला परेको बाएको छ ।

कम्पनीका अनुसार जनवरीको अन्त्यमा पहिलोपटक त्यस्तो आक्रमण भएको फेला परेको थियो र ह्याकरहरुले गोप्य रुपमा माइक्रोसफ्ट वर्ड डकुमेन्टका माध्यमबाट कम्प्युटर प्रयोगकर्तालाई सिकार बनाइरहेका भेटिएको छ । जब फाइल खोलिन्छ तब कम्प्युटरले आफै एउटा फाइल डाउनलोड गर्दछ, जसमा HTML एप्लिकेसन कन्टेन्ट हुन्छ र उक्त कन्टेन्ट कम्प्युटरमा रन भएसँगै ह्याकरहरुले कम्प्युटरमा पूर्ण पहुँच स्थापित गर्दछन् र डाटा चोर्ने वा भाइरसबाट आक्रमण गराउने गर्न सक्दछन् ।

यसरी बच्न सकिन्छ :
यस्तो समस्याबाट बच्न तल उल्लेखित कुराहर गर्न सक्नुहुनेछ :
१. यसका लागि Microsoft Word खोल्नुहोस् ।
२. त्यसपछि ” ile < Option < trust Centre मा गई त्चगकत ऋभलतचभ इउतष्यलक मा क्लिक गर्नुहोस् ।
३. त्यहाँ रहेको Protected View मा क्लिक गर्नुहोस् र त्यहाँ रहेका सबै तिनवटा टिक बक्समा चेक गर्नुहोस् ।
४.त्यसपछि OK मा क्लिक गर्नुहोस् । यसो गर्दा तपाइँको कम्प्युटर माइक्रोसफ्ट अफिसमा भैरहेको पछिल्लो भाइरस आक्रमणबाट सुरक्षित रहन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: