कसरि गरिन्छ नेप्से परिसुचक गणना ?
Powered by Blogger.
कसरि गरिन्छ नेप्से परिसुचक गणना ?

  • नरेन्द्र चुदाली
देशको आर्थिक अवस्था झल्काउने एउटा महत्वपूर्ण क्षेत्र हो सेयर बजार । त्यसैले त रेडियो ,टेलिभिजन,पत्र पत्रिका, अनलाईन लगायतका संञ्चारमाध्यमका आर्थिक समाचारहरुमा सेयर बजारका अपडेटहरु समावेश गरिएकै हुन्छन् । वा भनौ सेयर बजारका समाचारहरुविना संञ्चार माध्यामहरुका आर्थिक बिट पूर्ण रहन सक्दैनन् । 

त्यसैलेपनि सेयर बजारको विकास र विस्तारमा सञ्चार माध्यामहरुको भुमिका अतुलनीय छ । संञ्चार माध्यामहरुमा हामीले सधैंजसो सुन्ने वा देख्ने गरेका छौ कि सेयर बजार परिसुचक अघिल्लो दिनको तुलनामा यति अंकले बढ्यो वा घट्यो भन्ने समाचारहरु । दैनिक कारोबारको आधारमा परिसुचकमा उतारचढाव आउने गर्छ ।हामीले दैनिक समाचार र सुचनाहरुमा सुन्ने नेप्से परिसुचक के हो त ? यो कसरी गणना गरिन्छ ?यो प्राविधिक पाटो भएकोले सेयर कारोबार गर्नेहरुलाईपनि यसको गणना विधिको बारेमा थाहा नहुन सक्छ । 

आउनुहोस् एकपटक जान्ने प्रयास गरौ नेपाल स्टक एक्सचेञ्जले गर्ने नेपाली पुजी बजारको परिसुचक गणना विधि । नेपाल धितोपत्र बोर्डले दोस्रो पुजी बजारको सूचांक निम्न आधारमा गर्ने व्यवस्था गरेको छ ।


(१) नेप्से परिसुचक 

हामीले प्राय: सुनिरहने सुचक हो नेप्से परिसुचक । यो नै पूँजी बजारको मापन गरिने महत्वपूर्ण परिसूचक हो ।यसलाई अर्थतन्त्रकै 'ब्यारोमिटर'को उपमा पनि दिईने गरिन्छ । सरकारको बजेट लगायतका विभिन्न आर्थिक प्रतिवेदनमाहरुमा देशको सेयर बजारको अवस्था जनाउनको लागि यहि नेप्से परिुचकलाईनै समावेश गरिन्छ ।यसको गणना नेप्सेमा सुचिकृत संस्थापक र साधारण सेयर दुबैको आधार बर्ष मुल्य र बर्तमान सेयर मुल्यका आधारमा गरिन्छ । हाल नेप्सेमा सुचिकृत कुल सेयरमध्ये करिब ६५ प्रतिशत संस्थापक र ३५ प्रतिशत साधारण समूहका सेयर छन् । सेयरको कारोबार धेरै पहिले देखि हुने गरेको भएपनि नेप्से परिसुचक भने वि.स २०५० साल माघ ३० (ई.स १९९४ फेव्रेवरी १२) गतेबाट आधिकारीक रुपमा गणना गर्न थालिएको हो ।


(२) सेन्सेटिभ ईण्डेक्स

नेप्सेमा सुचिकृत 'क' बर्गका कम्पनीहरुको परिसुचक हो सेन्सेटिभ ईण्डेक्स । नेप्सेमा 'क' बर्गमा सुचिकृत कम्पीहरुको आधार बर्ष मुल्य र बर्तमान सेयर मुल्यका आधारमा यसको गणना गरिन्छ । धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु (चुक्ता पूँजी कम्तिमा रु.२ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्षदेखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको) पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ । आर्थिक वर्ष २०७२÷७३ मा १३१ वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएका छन । वर्गीकरण अनुसार वाणिज्य बैंक समूहबाट २६ अन्य समूहबाट १ जलविद्युत समूहबाट ३ होटल समूहबाट १, बीमा समूहबाट १७ वित्त समूहबाट २५ विकास बैंक समूहबाट ५६ उत्पादन तथा प्रसोधन समूहबाट १ कम्पनी ‘क’ वर्गमा परेका छन् ।नेप्सेले वि स २०६३ पौष १७ गते देखि सेन्सेटिभ ईण्डेक्सको गणना कार्यको सुरुवात गरेको हो ।


(३) फ्लोट ईण्डेक्स

नेप्सेमा सुचिकृत सर्बसाधारणको लागि जारि भएका कारोबारयोग्य सेयरको आधार मुल्य र बर्तमान मुल्य को आधारमा फ्लोट ईण्डेक्सको गणना गरिन्छ । नेप्सेमा सुचिकृत साधारण सेयर समुहका करिब ३५ प्रतिशत सेयरको उतावचढाबको आधारमा यसको गणना गरिन्छ। कारोबारिय सेयरहरुलाई आधार मानेर यसको गणना गरिने भएकोले यसबाट कारोबारको यथार्थपरक चित्रण हुन्छ। नेप्सेले यो परिसुचकको गणना २०६५ साल भाद्र ३० गतेदेखि सुरुवात गरेको हो ।

(४) सेन्सेटिभ फ्लोट ईण्डेक्स
नेप्सेले क वर्गमा बर्गीकरण गरेका कारोबारयोग्य सेयरको आधार मुल्य र बर्तमान मुल्य लाई आधार मानेर यो सुचकाङक निकालिन्छ। क बर्गका कारोबार योग्य सेयरहरुको आधारमा यसको गणना हुने हुदा यसबाट वास्तविक सेन्सेटिभ ईण्डेक्स पत्ता लाग्छ।हाल नेप्सेले १३१ कम्पनीहरुलाई क बर्गका कम्पनीमा बर्गीकृत गरेको छ।यसको सुरुवात पनि २०६५ भाद्र ३० बाट नै भएको हो ।


(५) समुहगत परिसुचकहरु 

नेप्सेले सेयर कारोबारको मापन गर्दा विभिन्न समुह छुट्टाएर पनि गर्ने गरेको छ।हाल नेप्सेले ९ वटा समुहगत परिसुचक मापन गर्ने गरेको छ।वाणिज्य बैकं,विकाश बैकं,वित्त कम्पनी, होटल, उत्पादन तथा प्रशोधन,ब्यापार , जलविद्युत र अन्य समुहका परिसुचकहरु लाई नेप्सेले गणना गर्दै आईरहेको छ ।


Published Date : Sunday, April 9, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...