×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘चुनावी चेपुवामा सेयर बजार : प्रभाव अल्पकालीन मात्र’

  • नरेन्द्र चुदाली 
राजनितिक रुपमा बढी प्रभावित भईरहने नेपाली पूँजी बजार पछिल्ला केही हप्ता यता राजनैतिक जोड घटाउकै रप्तारमा अघि बढीरहेको छ । बजारको उतावचढापमा अन्य साहयक पक्षहरुको पनि भुमिका रहेपनि विशेष गरि पछिल्लो समय सेयर बजारको सुचकमा राजनितिले रङ भर्ने गरेको छ । चुनाव हुने वा नहुने अनुमान र अडकलवाजीका बीच पूँजी बजारका पछिल्ला कारोबारहरु प्रभावित हुने गरेका छन् । निरन्तर घट्ने क्रममा रहेको सेयर बजारमा चुनाव घोषणा पछि नया उमङ्ग आउने अपेक्षा लिएका लगानीकर्ताहरु चुनाव घोषणाको सुरुवाती हप्तामा भने निराशा भए । 
हरेक चुनावी बर्षहरुमा बजारमा उछाल आउने प्रवृति देखिदै आएपनि यसपाली सरकारले चुनाव घोषणा गरेपनि आबस्यक वातावरण नदेखिएपछि बजारले चुनाव घोषणालाई स्वागत गरेन । तर चैत्र लागेसंगै प्रमुख राजनैतिक शक्तिको चुनावप्रतिको प्रतिबद्धता, स्थानीय स्तरमा देखिएको चुनावि रौनक, तथा निर्वाचन आयोगको सक्रियताले चुनावी वाताबरण बन्ने देखेपछि बजारमा एकाएक उछाल आयो । पटक-पटक सक्रिट ब्रेकर लगाउनु परेको बजारमा नया रौनक छायो । जसबाट लामो समय मन्दीको स्थीतीबाट गुज्रीएका लगानीकर्ताहरुलाई राहत महसुस भयो । 
उत्साहीत भईरहेको बजारमा पर्ख र हेरको रणनितिमा रहेका ठुला तथा संस्थागत लगानीकर्ताहरुको प्रबेश हुदा कारोबार रकमले पनि राम्रो साथ दिईरहेको थियो। त्यसैगरि चैत्र महिनाको अन्तिम कारोबारहरुमा बजारमा अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षीत गर्न खोज्दा परिसुचकमा सामान्य करेक्सन देखिएको थियो। बजार रातो भएपनि कारोबार रकमलाई हेर्दा बजार प्रतिको आकर्षण र बजारको बढ्ने सम्भावना दरिलो देखिएको थियो। 
तर नयाँ बर्षको सुरुवात संगै मधेशि मोर्चाले सरकारले संसदमा दर्ता गराएको नयाँ संसोधन विधेयकमा विमति राख्दै आन्दोलनको घोषणा गरेपछि देशको चुनावि वातावरणमा एका एक संका उत्पन्न भयो । त्यसैगरि प्रमुख सत्ता साझेदार नेपाली काङग्रेसका प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सांसद तथा जिल्ला सभापतिहरुले मधेशी दललाई सहमतिमा लिएर मात्र चुनावमा जानुपर्ने राय दिएपछि नेपाली काङग्रेसमा समेत चुनाव सार्ने कुरा उठ्यो। त्यस्तै सरकारका गृहमन्त्रीले समेत सार्बनजीक रुपमै चुनाव सार्नुपर्ने धारणा राखेपछि चैत्र महिनामा दरिलो रुपमा देखिएको चुनावि आत्मविस्वास नया बर्षको आरम्भ संगै कमजोर बन्न पुग्यो । 
फस्वरुप नया बर्षको पहिलो कारोबारले त्यसको प्रतिक्रिया देखायो । लगानीकर्तामा चुनाव प्रति देखिएको आशंकाले बजारमा आत्मविस्वास कम हुदा बर्षको पहिलो कारोबारमै ठुलो अकंको गिरावट आयो। ४५ अकंले ओरालो लागेको नप्सेको बजार पूँजीकरणपनि ६६ अर्बले घटेर १८ खर्ब ९८ अर्बमा खुम्चिएको छ। बजार घट्नुको प्रमुख कारणमा चुनाव प्रतिको आशंका लाई लिन सकिन्छ। त्यस्तै घटेको बजारमा किनेका लगानीकर्ताहरुले नफा सुरक्षित गर्दा विक्रि चाप बढेको देखिन्छ भने बैकंहरुले बचत खातामा बढाएको ब्याजदरले साना लगानीकर्ताहरु त्यता आकर्षीत भएको देखिन्छ। तर यसले सेयर बजारलाई ठुलो असर भने गर्ने छैन्। 
यद्यपी बजारको यो प्रबृती लामो समय नटिक्ने अनुमान गर्न सकिन्छ। किनभने एक त प्रमुख राजनैतीक शक्तिहरुको प्रतिबद्धता हेर्दा चुनाव जसरी पनि सम्पन्न हुने देखिन्छ । त्यस्तै यदी मधेशवादी दलहरुले अबरोध नै गरेभने २ नम्बर प्रदेश बाहेक अन्य ठाउमा चुनाव हुने सम्भावना प्रवल छ। त्यस्तै मधेशबादी दलहरुको शक्ति कमजोर हुदै गईरहेकोले उनिहरुले सरकारलाई ठुलो धक्का दिन नसक्ने पनि देखिन्छ। यसअघि १०० जना मान्छे नाकामा बसालेर भारतको सहयोगमा नाकाबन्दी गरेका मधेशवादी दहरुलाई भारतले साथ नदिने संकेत दिईसकेको छ । 
यदि साथ दिई हाल्यो भने पनि प्रमुख दलहरु त्यसको सामाना गर्न तयार रहेको देखिन्छ।भने यदी चुनाव सार्ने हो भने मधेशवादी दलहरु चुनावमा सहभागि हुनुपर्ने सर्त प्रमुख दलहरुको छ। यदी त्यसो भयो भने देशमा झनै राम्रो वातावरण बन्ने देखिन्छ। यि कुराहरुलाई हेर्दा देशमा अब चुनाव भएरै छाड्ने सम्भावना देखिन्छ। चाहे त्यो निर्धारित समयमै होस यात केही दिन सारेर । 
त्यसकारण पनि अब बजारले यो चुनावि बर्षमा नया उचाई चुम्ने सम्भावना रहेको देखिन्छ। त्यसैगरि देशको मुद्रा स्फीत ३ प्रतीशतमा सिमित हुने प्रक्षपण गरिएको छ भने यस आर्थीक बर्षको आर्थीक बृद्धीदर ६ प्रतिशत माथि हुने विवरण एसियाली बैक तथा विश्व बैक ले सार्बजनिक गरिसकेका छन्। यसले पनि बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान गर्न सकिन्छ। त्यसैगरि सुचिकृत कम्पनीहरुको लगानीलाई हेर्दा यो तेस्रो त्राईमासिक विबरणमा उनिहरुले आकर्षक नाफा बृद्धी गर्ने देखिएको छ । 
लोडसेडिङको अन्त्य भएपछि त्यसले पनि अर्थतन्त्रमा उत्साह थपिएको छ । लोडसिडिङको अन्त्य संगै उद्योग धन्दाहरुले आफ्नो ब्याबसाय विस्तार गर्नको निम्ति बैक तथा वित्तिय संस्थाहरुबाट ठुलो मात्रामा कर्जा थप गरेका छन भने बैकहरुलाई तिर्ने किस्ता तथा ब्याजपनि नियमित रुपमा भुक्तान गर्न सफल भएका छन्।।यसबाट खराब कर्जा नबढ्ला भन्न सकिन्छ यसले पनि अप्रत्यक्ष रुपमा कम्पनीहरुका वित्तिय विवरणहरुमा टेवा पुग्नेछ। चाहे त्यो सानो रुपमा होस या ठुलो । बजारमा अब सिजन सुरु भईसकेको र बजारमा कारोबार रकमको उत्साह हेर्दा पनि बजार अहिलेको यो घट्दो प्रबृती अल्पकालमै सिमित रहने आधार धेरै छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: