×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली पूँजी बजारमा महिला लगानीकर्ताको आकर्षण, यसका सम्भाना र चुनौतीहरु

  • नवराज घिमिरे : लगानीकर्ता/ विश्लेषक

पूँजी वजारमा पछिल्ला केहि दिनमा महिला लगानीकर्ताको संख्या ह्वात्तै वढेको छ । जव-जव पूँजी वजार उचाई नजिक पुग्छ व्रोकर कार्यालयमा महिलाको संख्या वाक्लिदै जान्छ । हिजोआज कुनैकुनै व्रोकर कार्यालयमा त पुरुष लगानीकर्ताभन्दा महिला लगानीकर्ताको संख्या धेरै देख्न पाईन्छ । व्रोकर कार्यालयमा मात्र नभई प्रथमिक निष्कासनको लाइनमा समेत महिलाको उपस्थित वाक्लो देख्न सकिन्छ ।
महिलाहरुमा पुरुषको दाँजोमा वचत गर्ने बानी वढी हुन्छ । आर्थिक रुपमा पुरुषभन्दा महिला बढी चिन्तित र कम खर्चालु स्वभावका हुन्छन् । तुलनात्मक रुपमा महिलाहरु पुरुषको दाँजोमा कम ‘रिस्क’ लिने स्वभावका हुन्छन्  । यसै कारण जव वजार वढदै उचाइ तर्फ उन्मुख हुन्छ तव महिलाहरुको उपस्थिती वाक्लिदै जान्छ , त्यसको ज्वलन्त उदाहरण  हिजो आज को वजार लाई लिन सकिन्छ । 
हिजोआज विस्तारै वजार माथितिर वुर्कुसी मार्दै गैरहेको छ भनेर वुझ्दा अतियूक्ति नहोला । किनकी दुनिया भरको पुँजी वजारमा वढदाे अवस्थामा जोख्खिम कम हुन्छ, भने घटदो अवस्थामा जोख्खिम वढी हुने गर्छ । हुन त अझै पनि हाम्रो  पूँजी वजार महिलामैत्री हुन सकेको छैन । कतिपय व्रोकर कार्यालयमा महिलाको लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको छैन । पुरुष लगानीकर्ता सगै ठेलमठेल गरेर सेयर खरिद विक्री गर्नुपर्ने अवस्था छ । सेवन र नप्सेको प्रयासमा यो व्यवस्थाको छिटै अन्त्यहुने कुरा जनकारीमा आएको छ ।
केहि दिन पहिला मलाई एकजना आफन्त महिलाले यसै विषयमा सल्लाह लिनुभएको थियो । उहाँको भनाईअनुसार हिजोआज धेरै महिला लगानीकर्ता सेयर वजारमा लगानी गर्नु हुदो रहेछ मेरोपनि श्रीमानले वैदेशिक रोजगारीवाट पठाउनुभएको पाचलाख रुपैयाँ छ । मलाई पूँजी वजारको विषयमा उतिधेरै जानकारी छैन।  मैले विगतमा व्युटी पर्लर चलाएको थिए त्यसबाट खासै उपलव्धि भएन र विक्री गरिदिए के गरौ भन्नुभयो । अनि मैले भने त्यो पाचलाख रुपैयाले तपाई राम्रो कुनै ३/४ कंम्पनीको सेयरमा लगानी गर्नुस्, तपाईले व्यूटी पार्लरवाट कमाउनु भएको भन्दा राम्रै कमाउनुहुनेछ ।
मैले यति भन्दा नभन्दै उहाले थप्नु भयो मैले प्राथमिक निष्कासनमा मात्रै लगानी गरेको हुदा दोस्रो वजारको धेरै जानकारी छैन भन्नुभयो । हुन पनि लहै लहैमा लागेर अनावश्यक मूल्य उचालिएका कम्पनीमा लगानी गर्दा लगानी नडुव्ला भन्ने पनि हुन्न पुँजी वजारमा , त्यसैले आफुलाई पूँजी वजारको वारेमा धेरै जानकारी छैन भने सुरुमा म्याचुयल फण्डको ईकाइहरुवाट लगानी सुरु गर्नको लागी मैले सल्लाह दिए ।  केहि समय यिनै ईकाइ हरुमा लगानी गरी अनुभव वटुली राम्रो कम्पनीको सेयर छनोट गरेर लगानी गर्न सके नेपाली पूँजी वजाररको भविश्य उज्ज्वल छ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: