×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनसीसीमा लफडा नम्बर २ : खोला र बगर धितो राखी नक्कली ऋणीमार्फत एक अर्ब ७० करोड कर्जा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विभिन्न बैंकसँग मर्ज भएपछी लफडानै लफडा परिरहेको बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)मा अर्को लफडा देखा परेको छ । मर्जर अगावै अर्थ सरोकार डटकमले प्रकाशन गरेका बैंकसम्बन्धि घोटालाहरुका खबर एक एक गर्दै अहिले सतह रुपमै प्रमाणित हुन थालेका छन् । बैंकसँग मर्ज भएका बैंकहरुमध्ये तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा समेत उजुरी परेपछि बैंकभित्रको यो लफडा ‘सतह’ मै देखिएको हो । 
अर्थ सरोकार डटकमले विगतमा लेखेका समाचारअनुसारनै भएको भन्दै अहिले विभिन्न निकायमा उजुरी परेको छ । एनसीसी बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी तथा सेयरधनीहरुले सामूहिकरुपमा एपेक्समा भएको अनियमितता छानबिन गरी दोषीलाई कारबाही गर्नुुपर्ने मागसहित नेपाल राष्ट्र बैंकसहित अख्तियार र सीआईबीमा उजुरी दिएपछी यो प्रकरणको रहस्य खुलेको हो ।
यसअघि  एनसीसीसँग मर्ज नहुँदै अर्थ सरोकार डटकमले प्रस्तुत गरेका एपेक्सका घोटाला सम्बन्धि किस्साहरु यस्ता थिए : 


यस्ता छन् प्रकरणका किस्साहरु !
एनसीसीसँग मर्ज भएको तत्कालीन एपेक्सका अध्यक्ष विष्णुु प्रसाद धितालसहितका केही उच्चपदस्थ कर्मचारीहरुले अरुकै जग्गा धितोमा राखेर २६ जना सोझासाझा व्यक्तिहरुलाई प्रभावमा पारी ऋण निकालेर आफूले चलाएको आरोपसहितको पत्र अख्तियार र सीआइबी पुगेको छ । ऋणजति सबै विष्णु धिताल लगायतका कर्मचारीले चलाएको भएपनि अहिले मर्जरपछि धिताल तिनै सोझासोझा २६ जनाको उठिवास लगाउन तल्लीन रहेको भन्दै एनसीसीका कर्मचारीरुले दोषीलाई पहिचान गरी कारबाही गर्न राष्ट्र बैंक र अख्तियार गुहारेको बुझिएको छ । 
‘२६ जनाको नाउँमा १८ करोड रुपैयाँभन्दा बढी ऋण लिएर व्यक्तिगत रुपमा तत्कालीन एपेक्सका अध्यक्ष विष्णु धितालले प्रयोग गरेका छन् । अहिले सोझा सिधा जनतालाई फसाउने काम भइरहेको छ ।’ स्रोतले भन्यो। यता एनसीसीका कर्मचारीहरुले राष्ट्र बैंक र अख्तियारमा हालेको उजुरीपत्रमा ‘विगतमा मर्जरको नाउँमा फर्जी हिसाब तयार पारिए’को समेत आरोप लगाएका छन् । फर्जी हिसावकै आधारमा फर्जी डीडीए प्रतिवेदन तयार पारी नक्कली तथ्यांकका आधारमा एपेक्स डेभलपमेन्ट बैंकलाई एनसीसी बैंकमा मर्ज गरिएको पीडितहरुको आरोप छ  ।

तीन विकास बैंकका लगानीकर्ता पनि डुबे !
यता बैंकमा भएका विभिन्न घोटालाका कारण एनसीसीसहित अन्य तीन विकास बैंकका लगानीकर्ताहरु समेत डुबेका छन् । मर्जरको सम्झौतापश्चात् रातारात सोझा निमुुखा व्यक्तिहरुलाई नक्कली ऋणी बनाई खोला र बगरको नक्कली धितो राखी रातारात एक अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम कर्जा प्रवाह भएको पिडितको आरोप छ । ‘नेपाल राष्ट्र बैंकको विकास बैंकहरुको सुुपरिवेक्षण हेर्ने विभागको प्रमुुख नै मर्ज हुुन जाने बैंकको व्यवस्थापन समितिको प्रमुुख भई मर्जरको गुुरुयोजना बनाउने कार्यमा लागेर त्यसलाई साथ दिन नेपाल राष्ट्र बैंकको लेखा र कानुुन विभागका प्रतिनिधिहरु नै बसेर यत्रो घोटाला भएको छ। ‘ उजुरी पत्रमा उल्लेख छ ।

पत्रमा उल्लेख यी प्रश्नको उत्तर कसले दिने ?
‘यो कुराको नैतिक, व्यावसायिक जिम्मेवारी लिनुुपर्ने गभर्नरलाई जानकारी नै नगराएको हो त ? नगराएको भए त्यस्ता व्यक्तिलाई कारबाही गर्न नेपाल राष्ट्र बैंक किन हिच्किचाइरहेको छ त ? यदि जानकारी गराएको हो भने यसको जिम्मेवारी नेपाल राष्ट्र बैंकको बोर्डले लिनुुपर्ने हो कि गभर्नर स्वयंले लिनुुपर्ने हो ?बैंकिङ क्षेत्रमा भएको सानाठूला अनियमिततामाथि बैंकिङ कसुरको मुुद्दा दायर भई आएको परिस्थितिमा यत्रो ठूलो आर्थिक घोटाला हुँदा यस विषयमा नेपाल राष्ट्र बैंकलगायत अन्य निकायहरु मौन बस्नुुको कारण एपेक्स डेभलपमेन्ट बैंकका पूर्वअध्यक्ष एउटा राजनीतिक पार्टीको तत्कालीन जिल्ला सभापति भएकै कारण मात्र हो वा निजले गरेको अर्बौं रुपैयाँको अपचलित रकमको भागिदार भएकै कारणले पनि हो भन्ने विषयमा नेपाल राष्ट्र बैंकलगायत अन्य निकायले समेत प्रष्ट पारिदिनुुपर्ने हुन्छ’ पत्रमा भनिएको छ ।
अर्बौँ रुपैयाँ घोटाला गरी सर्वसाधारणलाई समेत ठगी गरेका व्यक्ति जसको सम्बन्धमा तत्कालीन छानबिन गर्नुुपर्ने स्थिति छ, त्यस्तो व्यक्ति त्यही संस्था (एनसीसी बैंक)को सञ्चालक समितिमा बसिरहन मिल्ने हो कि नमिल्ने ? पत्रको अन्तिममा भनिएको छ, ‘हामी निमुुखा कर्मचारी जो बंैंकका सेयरधनी पनि हौं, यस सम्बन्धमा नेपाल राष्ट्र बैंकलगायत अन्य निकायहरुबाट समेत तत्काल छानबिन गरी दोषीमाथि कारबाही हुुने विश्वास यसपटक लिएका छौं ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: