×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंकमा विशेष साधारणसभालाई लिएर ‘लफडा’, सभा रोक्न कम्पनी रजिष्ट्रार कार्यालयको निर्देशन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकमा विशेष साधारणसभालाई लिएर लफडा परेको छ । बैंकलाई विशेष साधारण सभा रोकेर तत्काल नियमित साधारण सभा बोलाउन कम्पनी रजिष्ट्रार कार्यालयले निर्देशन दिएपछी बैंकभित्रको लफडा छताछुल्ल भएको हो । 
कम्पनी रजिष्ट्रार कार्यालयको निर्देशन, ‘विशेष साधारणसभा रोक’
कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठले दिएको जानकारी अनुसार एनसीसीले कुनैपनि हालतमा घोषित विशेष साधारणसभा रोक्नुपर्नेछ । ‘एनसीसीले ५० प्रतिशत हकप्रद ल्याउने एउटामात्र एजेन्डा राखेर वैशाख १५ मा विशेष साधारण सभा बोलाएको देखियो । हामीले लिखित निर्देशन दिइसकेका छौं । कुनैपनि हालमा अव नियमित साधारणसभा नगरी विशेष साधारणसभा हुँदैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै श्रेष्ठले भने । यसविषयमा बैंकको नेतृत्वले मनपरी गरेको भन्दै संस्थपक समूहबाटै उजुरी परेको थियो ।
विशेष साधारणसभा रोक्ने निर्णय गरियो : बैंक 
यता बैंकले कम्पनी रजिस्ट्रारको कार्यालयको पत्रपछी विशेष साधारण सभा स्थगित गरेको बताएको छ । यसबाट पर्न गएको असुविधाप्रति पनि उसले सबैमाझ माफी मागेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: