×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसेलमा नयाँ काण्ड : शतिसलालसँगको मिलेमतोमा भइरहेछन् यस्ता गैरकानूनी धन्दा !

  • इभेष्टिगेसन ब्यूरो / अर्थ सरोकार डटकम 
काठमाडौँ – कर छली प्रकरणमा मुछिएको एनसेलभित्र त्यहि प्रकरणका कारण अरु काण्डहरु छायाँमा पर्ने भएपछी मनपरी हुन थालेको खबर छ । पटक पटक विभिन्न कुराहरुले विवादमा तानिने गरेको एनसेलमा अहिले नयाँ लफडा परेको छ । नेपाल सरकारको नियम विपरित गैरकानुनी रुपमा विदेशी कर्मचारीले एनसेलमा काम गरिरहेको खुलासा भएपछि यस्तो लफडा आइपरेको हो । 
सबैको ध्यान एनसेल प्रकरणमा परेका बेला यो घटनालाई एकातर्फ छायाँमापरेको छ भने अर्कोतर्फ पैसा र पावरका भरमा यो घटना गुपचुप राख्न खोजिएको छ। एनसेलका लगानीकर्ता मध्येका एक शतिस लाल आचार्यसंगको मिलेमतोमा यस्तो गैरकानुनी काम भइरहेको एनसेल स्रोतको दावी छ । यसरी गैरकानुनी रुपमा कर्मचारी भर्ती गरेपछि केहि समयअघि एनसेलका उच्च तहका कर्मचारीहरुले समेत एनसेल छोडेका छन् भने केहि छोड्ने क्रममा छन् । 

श्रम विभागसंगै सेटिङ !
एनसेलकै एक कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा एनसेलले श्रम विभागलाइ समेत अटेरी गरिरहेको बताएका छन् । ‘श्रम विभागसँग एनसेलमा काम गर्ने विदेशी कामदारको एकमुष्ट तथ्यांक छ । तर एनसेलका कर्मचारीहरुको स्पष्ट विवरण भने उपलब्ध छैन । जनतालाई झुक्याउने र मनपरी ढंगले गैरकानुनी काम गर्ने एनसेलका सेयरहोल्डरमध्येका एक सतिसलालसंगको मिलेमतोमा यस्तो काम भइरहेको छ । श्रम विभागले कुन मितिमा कति विदेशी कामदार एनसेलमा आए र कति गैर कानुनी रुपमा नेपालमा बसेका छन् भन्ने स्पष्ट तथ्यांक बुझ्न नै खोजेको छैन । यसमा करोडौं रुपैयाँको चलखेल भएको छ ।’ उनले भने ।
अध्यागमन विभागमा उजुरीपरेपछि खुल्यो पोल !
एनसेलकै कर्मचारीहरुले मिलेर एनसेलमा भइरहेको गैरकानुनी धन्दाबारे नेपालको अध्यागमन विभागमा उजुरी गरेपछि यस्तो तथ्य बाहिर आएको हो । एनसेलभित्रकै एक कर्मचारीले दिएको जानकारी अनुसार एनसेलका लेखा प्रमुख हादी हाल्मीले गैरकानूनी तरिकाले वर्किङ भिसा निकालेपछी उनीविरुद्ध एनसेलकै कर्मचारीहरुले मिलेर अध्यागमन विभागमा उजुरी दिएका थिए । 
हाल्मीले यसअघि पनि विभिन्न प्रकरणका आरोपित थिए । एनसेल स्रोतले दिएको जानकारी अनुसार कम्पनीको २० प्रतिशत सेयरका लगानीकर्तासमेत रहेका शतिसलाल आचार्यसँगको मिलेमतोमा गत वर्ष नेपालबाट करिब १० लाख मिलियन अमेरीकी डलर गैरकानूनी तरिकाले मलेसिया पठाउने कामका मुख्य योजनाका कर्ता नै उनी हुन् । उनी आफैं नै गैर कानुनी काममा संग्लन रहेको थाहा भएपछि उनीविरुद्ध एनसेलभित्रको रबैयासँग चित्त नबुझ्ने कर्मचारी मिलेर विभिन्न निकायमा उजुरी गरेका हुन् । 
यस्तो छ गैरकानुनी धन्दाको चोरबाटो !
स्रोतका अनुसार कर्मचारीको कुरालाई लिएर मात्र होइन, एनसेलमा अरु थुप्रै गैरकानुनी कामहरु भइरहेका छन् ।उद्योग विभागको वैदेशिक लगानी शाखाका अनुसार एनसेलले ‘रि–ब्राण्डिङ’का क्रममा ‘टेक्नोलोजी ट्रान्सफर’का लागि थप बिदेशी प्राविधिकहरु नेपाल भित्र्याएको छ । र यहि ‘रि–ब्राण्डिङ’का नाममा एनसेलभित्र थुप्रै गैरकानुनी धन्दाहरु चल्न थालेका छन् । यस्ता प्राविधिकहरुका लागि उद्योग विभागले ‘विजनेस भीसा’ उपलब्ध गराउन सहजकर्ताको रुपमा काम गर्दै आउने भएकाले त्यसैमाथि टेकेर गैरकानुनी धन्दा भइरहेको स्रोतको दावी छ ।
जताततै नियम मिच्याई, जताजतातै कर छली !
नेपाल सरकारको नियम अन्सुआर कुनैपनि कम्पनीले विदेशबाट कामदार ल्याउँदा सम्बन्धित देशको कार्यादेश लिनुपर्ने हुन्छ । तर, एनसेलले कार्यादेश बिनानै पर्यटक भीसामा कामदार भित्र्याइरहेको बिभाग स्रोतको दाबी छ । यहि काममा एनसेलले ठाउँठाउँमा करसमेत छल्ने गरेको छ । कानुनत : एनसेलले नेपाल सरकारबाट कामदार झिकाउने कार्यादेश अनुमतिबापत नेपाल सरकारलाई थप राजश्व बुझाउनुपर्ने हुन्छ । त्यहि रकम उसले सीधा छली गरिरसकेको छ । 
स्रोतका अनुसार एनसेलका लेखा प्रमुख हादी हाल्मीले नेपाल आएर कुनै कामनै नगरी उद्योग बिभाग र श्रममा सेटिङ मिलाई वर्क–पर्मिट लिएका छन् । कानुनत : वर्क पर्मिट लिनका लागि आफुले गरेको कामको विवरण पेश गर्नुपर्छ ।




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: