×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसेलमा विदेशी कर्मचारीको अर्को दादागिरी : लेखाप्रमुख हादी हाल्मीको यस्तो रबैया !

  • इन्भेष्टिगेसन ब्यूरो / अर्थ सरोकार डटकम 
काठमाडौँ – एनसेल सम्बन्धि विभिन्न काण्डहरु बाहिर आइरहँदा कम्पनीका लेखा प्रमुख हादी हाल्मीलाइ लिएर विभिन्न प्रकरणहरु बाहिर आएका छन् । एनसेलका सेयरहोल्डर सतिसलालसँग मिलेर विभिन्न गैरकानुनी काम गरेको, गैरकानुनी रुपमा नेपाल बसेको, अरु विदेशीहरुलाई पनि गैरकानुनी रुपमा नेपाल राखेको, श्रम विभागलाई अटेर गरेको लगायतका विभिन्न काण्डहरु धमाधम बाहिरिन थालेका छन् । एनसेलभित्रका विभिन्न कर्तुतहरुबारे अर्थ सरोकार डटकमले निरन्तर फलोअप गरेपछि एनसेलकै कर्मचारीहरुले विदेशी आएर नेपालमा गैरकानुनी रुपमा बस्ने र उल्टै नेपालीहरुलाई दादागिरी देखाइरहेको भन्दै यस्ता प्रकरणहरु बाहिर ल्याएका हुन् ।
यसै बीच एनसेलले पूर्वाधारको काम गर्ने कम्पनीको रकम समेत कम्पनीमा रोकिने गरेको समेत खुलासा भएको छ । काम सकिएको लामो समयपछी पनि एनसेलले रकम निकासा नगर्ने गरेको एनसेलकै कर्मचारीहरु खुलेआम रुपमा भन्दै हिड्न थालेका छन् । एनसेलमा लेखा प्रमुख भएर काम गरिरहेका हादी हाल्मीले नेपाली कम्पनीमाथि ज्यादती गरेपछि यस्तो प्रकरण वाहिर आएको हो । गैरकानुनी रुपमा नेपालमा बसेर एनसेलमा काम गरिरहेको भन्ने आरोप लागेका कम्पनीका लेखा प्रमुख हाल्मीले नियोजित रुपमै पूर्वाधारको काम गर्ने नेपाली कम्पनीको रकम रोक्ने गरेको स्रोतको दावी छ ।

खातामा अरवौं रुपैयाँ हुँदा पनि नेपाली कम्पनीको रकम रोकिन्छ !
स्रोतका अनुसार गैरकानूनी तरिकाले वर्किङ भिसा निकालेको भन्दै हाल्मीविरुद्ध एनसेलकै कर्मचारीहरुले मिलेर अध्यागमन विभागमा उजुरी दिएपछी उनी नेपालमा गैरकानुनी रुपमा बसेको खुलासा भएको थियो । तर नेपाली कामदार र नेपाली कम्पनी भनेपछि हेपाहा प्रवृति देखाउने हाल्मीले मनोमानी ढङ्गमा नेपाली कम्पनीको रकम रोक्ने गरेका स्रोतको दावी छ । ‘एनसेलको खातामा अरवौं रकम हुन्छ । तर खातामा पैसा छैन भन्दै पूर्वाधारको काम गर्ने कम्पानीको रकम रोकिन्छ ।’ कम्पनीमै काम गर्ने एक उच्च तहका कर्मचारीले भने, ‘यसअघिपनि हाल्मीकै मनपरीका कारण विभिन्न अरु नेपाली कम्पनीले समेत यस्तो दुख पाउने गरेको एनसेलकै कर्मचारीहरु स्वीकार्छन् । 

नेपाली कम्पनीमाथि यस्तो ज्यादती !
पूर्वाधारको काम गर्ने एक कम्पनीका प्रतिनिधि भन्छन्, ‘एनसेलका लेखा प्रमुख हाल्मीले सतिसलालसँग आफ्नो राम्रो कनेक्सन भएको हवाला दिंदै विना कारण नेपालीहरुलाई दुख दिने काम गरेका छन् ।’ उनका अनुसार उनी गैरकानुनी रुपमा नेपाल बसेको चर्चा केहि अरु ठाउँमा गरेको भन्दै उनले जवरजस्त रकम रोकेर दादागिरी देखाएका हुन् ।
‘म त अझैपनि भन्छु, उनी गैरकानुनी रुपमा नेपाल बसेका छन् । यहाँ त कुनै कम्पनीभन्दा पनि राष्ट्रियताको सवाल छ । बरु मेरो करोडौं रुपयाँ आउन समय लागोस्, तर उनीलाई नेपालबाट फिर्ता पठाईनुपर्छ भन्ने मेरो कुरा हो र यहि कुरा मैले कतै भनेको थिएँ । त्यहि सूचनाका आधारमा आफ्नो कुरा काट्ने गरेको भन्दै उनले नेपाली कम्पनीहरुको रकम रोकेर ज्यादती गर्न थालेका हुन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । 
लेखा प्रमुखको ज्यादतीका कारण मजदुरपनि मारमा, नेपाली कम्पनी ‘बैंक डिफल्टर’ हुने खतरा !
‘एनसेलले पूर्वाधारको काम गर्ने कम्पनीलाई करारमा करोडौंको काम लगाएको हुन्छ । काम सकेर ‘इन्भोइस’ जारी गरेपछिमात्र रकम निकासा हुने भएकाले उक्त काम गर्न ती कम्पनीहरुले करोडौं रुपैयाँ बैंकबाट ऋण लिने गरेका छन् । समयमै आउनुपर्ने पैसा कम्पनीको खातामा पैसा नै नभएको भन्दै लेखाप्रमुखको मनपरीका कारण नआउन थालेपछि ती कम्पनीहरु धमाधम बैंकको कालोसूचीमा पर्न थालेका छन् । 
‘विना कारण ‘बैंक डिफल्टर’ हुने खतरा बढेको छ । यहि काम गर्न ऋण लिएका थियौं । काम सकेको महिनौं वित्दापनि रकम निकासा भएको छैन । विदेशी कम्पनीको कामको रकम एकदिनपनि ढिलो नगर्ने कम्पनीले नेपाली कम्पनीलाई त जे गरेपनि हुन्छ भन्ने शैलीमा रकम रोक्ने गरेका छन् ।’ 

हाल्मीको आरोपनै आरोपको पृष्ठभूमि 
एनसेलको लेखा प्रमुख भएर नेपाली कम्पनीहरुलाई निकै नै दुख दिइरहेका हाल्मी यसअघि पनि विभिन्न आरोपहरुको सिकार भइसकेका छन् । स्रोतका अनुसार कम्पनीको २० प्रतिशत सेयरका लगानीकर्तासमेत रहेका शतिसलाल आचार्यसँगको मिलेमतोमा गत वर्ष नेपालबाट करिब १० लाख मिलियन अमेरीकी डलर गैरकानूनी तरिकाले मलेसिया पठाउने कामको ‘डिजाइन’ गर्ने खेलाडीसमेत हाल्मीनै थिए । यस्ता विभिन्न प्रकरणसहित उनलाई विभिन्न निकायमा उजुरीसमेत परिसकेको छ ।




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: