×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल टेलिकम चितवनको वेथिति : कार्यालयको गाडी बन्यो कवाडी, ढिलो आएर पनि कार्यालय समयमै सुत्छन् कर्मचारी !

  • प्रनिश थापा/ अर्थ सरोकार डटकम 
चितवन – सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले कार्यालय प्रयोजनका लागी सरकारले पलब्ध गराएको दुई वटा गाडी मध्य एउटा गाडी कवाडी बनाएर थन्क्याएको छ । कार्यालयको नाममा रहेको बा.१.ञ ३० नम्बरको गाडीलाई नेपाल टेलिकम रत्ननगर टाडी शाखाले बर्षौंदेखि अलपत्र बनाई बेवारिसे छाडेको हो ।सम्बन्धित निकायले बर्षौं बितिसक्दा समेत कुनै हेक्का नराख्दा सो, गाडी माकुराको झालो र फ़ोहोर मैलाको सिकार बनेको छ ।
मर्मतसम्भारको अभावमा गाडी सबै खिया लागेको छ भने, टायर समेत पन्चर भएको छ । ड्राइभर बस्ने सिट फ़ोहोर हुनुको साथै त्यहाँको कुनै पनि पार्टपुर्जाले काम नगर्नेगरेको स्वयं त्यहाँका कर्मचारीहरु बताउँछन् । स्रोतले दिएको गोप्य जानकारी अनुसार कार्यालयलाई अहिले गाडीको चरम अभाव भएको र यी गाडीलाइ मर्मत गरी चलाउन सकिने भएपनि कार्यालय नै गैरजिम्मेवार हुँदा लथालिङ्ग बनेको छ । यता, यस बिषयमा प्रतिक्रिया लिन मेनेजर ड्राइरेक्टरलाई खोजी गर्दा त्यहाँका एक कर्मचारीले मेनेजर ड्राइरेक्टर केन्द्रमा हुने र यहाँ नहुने भन्दै गैरजिम्मेवार जवाफ फर्काए ।

यसैबीच ,स्रोतले दिएको जानकारी अनुसार कार्यालय समयमा कहिले पनि कर्मचारी नआउने गरेको खुलासा गरेका छन् । सरकारी निर्णय अनुसार सबै कर्मचारी बिहान १० बजे भित्र कार्यालय प्रवेश गरिसक्नुपर्ने भए पनि अधिकांश कर्मचारी साढे दस बजेसम्म पनि अनुपस्थित हुने गरेको पाइएको हो । अधिक मात्रामा जनगुनासो आएपछि बुधबार कार्यालय पुग्दा दस बजे भित्र छिरिसक्नु पर्ने कर्मचारी १०:४५ बजेसम्म पनि आएका थिएनन्। 
अरु कर्मचारी खोइ त भन्ने हाम्रो प्रश्न केहीले त ‘आउदै होलान्’ भन्ने जवाफ फर्काए भने केहीले त बिदामा बसेको जवाफ् समेत दिए । तर, बिदामा रहेको भनिएका ब्यक्ति नै अन्तत: एघार बजे कार्यालयमा उपस्थित भएको भेटियो । कार्यालयका फाटहरु सुनसान र कार्यालय खाली भएपछि अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै एक कर्मचारीले सबै कर्मचारी आधा देखी पौन घण्टा ढिलाइ मात्रै आउने बताए । 
उता, एडिएसएल महशुल बुझाउन बुधबार नेपाल टेलिकम गएका रत्ननगर नगरपालिका -२ का कमला पाण्डे थापा त्यतिबेला तीन छक्क परे । जब , उनी महशुल बुझाउन गएको कक्षमा एक कर्मचारी निदाएर बसेका थिए । आएका सेवाग्राहीलाई कुनै हेक्का नै नराखी उनी कार्यालय समयमै तीन बुस परि निदाएको यो भने पहिलो घट्ना होईन । यश अगाडि पनि उनै कर्मचारी कार्यालय समयमै सुतेर तमासा देखाएका थिए । पूरा नाम थर केही नभएको उनको कार्यकक्षमा उनी को हुन् भन्नेमा अझै खुलेको छैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: