×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफुविरुद्ध निरन्तर समाचार आउन थालेपछि टेलिकमकी एमडीको नयाँ टेक्निक : आफ्ना कर्मचारीहरुलाई फेसबुक र ट्विटर चलाउन रोक

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल टेलिकमभित्रका विभिन्न घोटालाहरुमा आफ्नो नाम जोडिएर आएपछि नेपाल टेलिकमकि प्रबन्ध निर्देशक कामिनी राज भण्डारीले कार्यालय समयमा आफ्ना कर्मचारीहरुलाई फेसबुक र ट्वीटर चलाउन रोक लगाएकी छिन । फेसबुक र ट्वीटर चलाउन रोक लगाएर सेवाग्राहीलाई सेवा छिटो बनाउन सहयोग गरेकोजस्तो पनि हुने र आफ्नै कार्यालयमा आफुविरुद्धका समाचारबारे टिकाटिप्पणीपनि कम हुने भन्दै उनले यस्तो निर्णय गरेको टेलिकमकै कर्मचारीहरुको दावी छ ।
‘अर्थ सरोकार डटकमले टेलिकममा भएका विभिन्न खालका भ्रष्टाचारबारे निरन्तर समाचार प्रकाशन गरेपछि टेलिकमभित्रै अर्थ सरोकार डटकमको खबरबारे चर्चा हुने गरेको थियो । सुरुमा अर्थ सरोकार डटकमनै कार्यालयमा हेर्न बन्देज गराउने भनी आफ्ना केहि कर्मचारीहरुसंग सल्लाह गरेकी उनले यस विषय बाहिरिए सुचनाको हक खोसेको भन्दै झन् विवादित भइने र पत्रकार संगठनहरुले पनि यसको विरोध गर्न सक्ने भन्ने अन्य कर्मचारीहरुले सल्लाह दिएपछि उनले टेलिकमभित्र फेसबुक र ट्वीटर बन्द गराउने निर्णय गरेकी हुन् । 
सोमवार आयोजित पत्रकार सम्मेलनमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले कर्मचारीको कार्यक्षमतामा ह्रास आएपछि सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको बतार्इन् । ‘वैशाख १ देखिनै सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लागेको छ ।’ उनले भनिन् । टेलिकमको यो निर्णयदेखि टेलिकमभित्रकै कर्मचारीहरु रुष्ट बनेका छन् ।
यो पनि बढ्नुहोस् :
हेर्नुहोस् चोरीको प्रमाण : कल, एसएमएस नगरी वा डाटा नचलाई आफैं काटिन्छ एनटिसीको ब्यालेन्स !


EXCLUSIVE : +२१६ ९८ ०९०४२७ नम्बरको फोन आतंक : यस्तो छ नेपाल टेलिकमभित्रको जनता ठगेर मोटाउने धन्दा !

यसरी कानुन विपरित ग्राहकबाट चर्को नाफा असुल्छ नेपाल टेलिकम ! (प्रमाणसहित)

‘जब-जब एनसेलको विरोध हुन थाल्छ, नेपाल टेलिकममा अनेकौं समस्या देखाएर करोडौं कुम्ल्याईन्छ’

यसकारण हुन्छ रिचार्ज कार्डमा समस्या : यस्तो छ टेलिकमभित्रको ‘फोहोरी खेल’

रोकिएन टेलिकमको बदमासी : सोझा नेपाली ठगेको कमिसन टेलिकमका हाकिमको खल्तीमा !

टेलिकममा भ्रष्टाचार – २ : १५ लाखको एप्सलाई ७ करोड खर्च, नयाँ निर्देशकलेपनि ‘दक्षिणा’ बुझेपछि घटना गुपचुप !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: