×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी १५ कारण आगामी दिनमा सेयर बजारमा उछाल आउँछ !

  • नवराज सुवेदी 
बजारमा क्षणिक उतारचडाव देखिएको छ । यहि उदारचडावका कारण अवको बजार कता जान्छ भन्ने अन्यौल धेरैमा छ । सबैजना चुनावमै केन्द्रित हुँदा चुनाव भए बजार बढ्छ, नत्र बजार घट्छ भन्ने मनोविज्ञान बोकेर लगानी गरिरहेकाहरु धेरै छन् । तर चुनावका अलावा आउँदा दिनहरुमा बजारमा उछाल आउन सक्ने कारणहरु धेरै छन् । तीनै कारणहरुमध्येका केहि कारणहरु निम्नानुसार छन् :
१)अनलाईनको बर्ष हो आगामी बर्ष । बजारमा अनलाइन कारोबार प्रणालीबाट कारोबार हुन थालेपछि बजारमा उछाल आउँछ । अन्तराष्ट्रिय अभ्यासले पनि यो कुरा प्रमाणित गरिसकेको छ । 
२. केहि समयलाई असमझदारी र बेमेल देखिएतापनि नेपालको राजनितिले दिर्घकालिनरुपमै स्थिरता प्राप्त गर्नेनै देखिन्छ । यसका उदाहरणहरु देखिएका छन् बजारमा ।
३)यही बर्ष स्थानीय ,प्रादेसिक र राष्ट्रिय सभाको अर्थात तिनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 
४)आर्थिक बृद्दिदर ७% पुग्नु बजारमा उछाल आउन सक्ने अर्को कारण हो । 
५) देशैभारी सेयर कारोबार गर्न मिल्नेगरी दलाल व्यवसायीको सञ्जाल विस्तार भएको छ ।
६) आर्थिक हिसावले हरेक नेपालीको स्तरोन्नती हुँदै गएको र प्रति व्यक्ति आयमा पनि सुधार भएको तथ्यांक हामीले देखेका छौं ।
७)हरेक बैक तथा वित्तीय संस्थाले जे जति पूँजी वृद्धि गरिएतापनि सोही बमोजिम वित्तीय सूचक कायम हुनु ।
८)अहिलेसम्म नेपालको पूँजी बजरमा करीवन १०% मात्रै सम्लग्न हुनुलेपनि के कुरा इन्कित गर्छ भन्दा बजार आधुनिकरण र सुदृढिकरण भएमा ठुलो जनसन्ख्या अवस्यनै भित्रिने नै छ ।
९)अनावश्यक प्रचार गरी बजारलाई आतंकित पार्ने जमातको पत्तासाप हुनु ।
१०) बजारमा सुजबुझ, अध्ययन, तालिम, परामर्स लिएरमात्रै बजारमा लगानी गर्ने लगानिकर्ता भित्रिनु ।
११)देश लोडसेडिगजस्तो जर्जर समस्याबाट मुक्त भै औध्योगिकिकरणतर्फ अग्रसर हुनु । 
१२) छिमेकी मुलुकको तुलनामा हाम्रो देशको नेप्से परिसुचक नगन्य हुनु । 
१३) निकट भबिस्यमै मार्जिन लेन्डिङ्ग , डिलरशिप जस्ता महत्वपुर्ण कुरा भित्रीनु । 
१४)बजारमा मै हुँ भन्नेहरु दिनानुदिन ‘हनुमान’ बन्दै जानु । 
१५) आर्थिक मिडियामा आएको प्रतिष्पर्धाले भ्रामक समाचारहरुको खेती लगभग बन्द हुनु । 
आदरणीय समस्त न्यायप्रेमी लगानीकर्ता साथीहरु मैले माथि उल्लेखित बुदाहरु तेसै उल्लेख गरिएको छैन ।आगामी दिनमा निश्चयनै यहाँहरुले पक्कै पनि मनन गर्नुनै हुनेछ । मैले उल्लेख गरेका केहि बुंदाहरु ब्यबहारिक रुपमै कार्यन्वयन्मा नआउनु हाम्रा केहि नियामक निकायमा गलत नेतृत्व पुग्नुपनि हो । तसर्थ आगामी दिनमा तेस्ता पुजिबजारको नियामक निकायमा सही नेतृत्व पुग्नु पर्छ र त्यसका लागि तमाम लगानीकर्ता साथीहरु एक ढिक्का भर अगाडी नबढ्नुको दोस्रो बिकल्प छैन ।
(लेखक नेपाल सेयर लगानीकर्ता संघका महासचिव हुन्। )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: