'अनलाइन प्रणालीको डेमो देखाउने कार्यक्रम सरेको होइन, आज नेप्सेलाई देखाइने, भोलि अरुलाई'
Powered by Blogger.
'अनलाइन प्रणालीको डेमो देखाउने कार्यक्रम सरेको होइन, आज नेप्सेलाई देखाइने, भोलि अरुलाई'

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - नेप्सेले ल्याउन लागेको अनलाइन कारोबार प्रणालीको आज अर्थात १९ अप्रिलको दिन डेमो देखाउने कार्यक्रम भएको भएपनि उक्त प्रणाली आज नेप्सेलाई देखाउने र भोलि अरु स्टेक होल्डरहरुलाई देखाइने भएको छ । नेप्सेका केहि हाकिमहरुले भाँडेपछी अनलाइन प्रणालीको डेमो देखाउने कार्यक्रमनै स्थगित भएको हल्ला चलेपछि हामीले उक्त प्रणाली निर्माण गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक दीपेश प्रधानलाई सम्पर्क गरेका थियौं ।

'कार्यक्रम सरेको होइन । आज अर्थात तोकिएको मितिमा हामीले नेप्सेलाई डेमो देखाउदै छौं ।' उनले भने । उनका अनुसार आज नेप्सेलाई देखाउने र भोलि अरुलाई डेमो देखाउने कार्यक्रम छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले १९ अप्रिलका दिन नेप्सेलाई देखाउने र नेप्सेको अनुमति लिएर २० तारिखका दिन अरुलाई उक्त प्रणालीको डेमो देखाउने बताएका छन् । 'कस-कसलाई बोलाएर देखाउने भन्ने कुरामा पनि हामीले नेप्सेको अनुमति लिन खोजेका छौं । लगानीकर्ता संघ, ब्रोकर एसोसीएसन, इन्भेष्टर्स फोरम र केहि आर्थिक पत्रकारहरुलाई बोलाएर डेमो देखाउने कुरा भएको छ । यसरी जाँदा सहज हुने हुनाले हामीले यस्तो निर्णय नेप्सेसँग छलफल नै गरेर लिएका हौँ ।' उनले भने ।      

उनका अनुसार आज नेप्सेलाइ देखाईसकेपछि भोलि १० देखि २ बजेको बीचको समयमा अरुलाई उक्त प्रणालीको डेमो देखाईने भएको छ । 'कुन बेला, कहाँ र कस-कसलाई बोलाउने भन्ने कुरा नेप्सेसँग अनुमति लिएर अगाडी बढ्ने प्रयास गरेका छौँ । हामी डेमो देखाउने समय र स्थानबारे अर्थ सरोकार डटकमलाई सकेसम्म चांडो जानकारी दिनेछौं ।' उनले भने ।  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...