'आफ्नो पब्लिकेसनको पुस्तक विद्यालयमा पढाउन 'प्याब्सन'लाई घुस खुवाउनुपर्छ'
Powered by Blogger.
'आफ्नो पब्लिकेसनको पुस्तक विद्यालयमा पढाउन 'प्याब्सन'लाई घुस खुवाउनुपर्छ'


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - झापा व्याप्सनले अनाधिकृत रुपमा विभिन्न पब्लिकेसन हाउसहरुसँग रकम माग गर्ने गरेको तथ्य फेला परेको छ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका पाठ्यपुस्तक विद्यालयहरूले रोजेर लगाउन पाउने व्यवस्था भएपनि आफ्नो भवन निर्माणका लागि भन्दै प्याब्सनले गैरकानुनी ढंगले पब्लिकेसनसँग ‘बार्गेनिङ’ गरेको पाइएको छ । 

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार झापा प्याब्सनले निजी विद्यालयमा पुस्तक लगाइदिने भन्दै ४२ वटा पब्लिकेसनसँग रकम माग गरेको  छ । यो वर्षसमेत पब्लिकेसनबाट १५ लाख संकलन भएको झापा प्याब्सन अध्यक्ष कोषकुमार प्याकुरेल स्वीकार्छन् ।

पब्लिकेसनका अनुसार झापाको एक्सेल डेभलपमेन्ट बैँक बिर्तामोड शाखाको प्याब्सनको खाता नम्बर १०४७३मा अनुदानका रूपमा लाखौँ रकम माग गरिएको हो । झापा प्याब्सनले निजी पब्लिकेसनसँग केही दिनअघि तीन–तीन लाख रुपैयाँ मागेको थियो । यता झापा प्याब्सनका अध्यक्ष कोषकुमार प्याकुरेलले सभाहल निर्माणका लागि पब्लिकेसनहरूलाई सहयोग गर्न आग्रह गरेको बताएका छन् । ‘यो हाम्रो निरन्तरता हो, रकम तोकेर अनिवार्य गरेका छैनौँ,’ अध्यक्ष प्याकुरेलले भने ।

प्रकाशित मिति : Tuesday, April 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...