×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आर्थिक अनलाइनका पत्रकारहरुलाई ५ सुझाव, ‘…नत्र कुनै दिन लगानीकर्ताले ‘थुक्क तिम्रो पत्रकारिता’ भन्नेछन् !’

  • डीआर नेपाल 
नभनौं – नभनौं भन्दापनि भन्नै पर्ने भो ! आर्थिक मिडियाहरु त अरजाक पो हुन थाले त ! आफुअनुकुल विश्लेषण अनि आफ्नो लगानी अनुसारको समाचार । नेपाली पत्रकारिताको धर्म यहि हो र ? लगानीकर्तालाइ भ्रमित बनाउने खालको समाचार होस् वा लगानीकर्ताहरुलाई डर देखाएर आफु कमाउने धन्दामा लागेका पत्रकारहरु हुन्, अव हरेक कोणबाट हरेकको विश्लेषण हुनुपर्छ । 
आफुलाई सेयर बजारमा अब्बल आर्थिक अनलाइन भन्न रुचाउनेहरुदेखि पछिल्लो समयमा आएका आर्थिक अनलाइनहरुसम्मले एक पटक आत्मविश्लेषण गर्नुपर्ने बेला भएको छ । ‘के मैले गर्दै आएको पत्रकारिता ठिक छ त ? के मैले आफ्नो होइन, सबैको भलो सम्झेर लेखिरहेको छु त ?’ एक पटक छातीमा हात राखेर आफैंलाई सोध्नुपर्ने बेला आएको छ ।
भाइरसहरुलाई धेरै प्रमोसन नगर्ने कि ! 
एउटा अनलाइन छ, जो हप्तामा एक पटक बजार घट्छ र घट्नुपर्छ भन्ने रटान लाउने एक लिखुरेको कुरा गरेकै हुन्छ । बजार घट्दा त उ हिरो हुने भैगो, बजार बढ्दापनि फलानो के सोच्दै होलान् ? भनेर समाचार बनाउँछ । एउटा सामान्य मान्छेलाई अनलाइनले साच्चै हिरो बनाइदिएको छ । हुन त सबैको बोल्ने अधिकार हुन्छ । तर सारा बजारले ‘भाइरस’ भनेको मान्छेलाई बढी प्रमोसन नगर्दा पो राम्रो हुन्छ कि ! कसैको विश्लेषण आउनु राम्रो हो । कसैलाई सजग बनाउनुपानी राम्रो हो । तर यसका नाममा घट्छ मात्रै भन्नेहरुको कुरा नसुन्ने / नलेख्ने कि! 
आफ्नो लगानी अनुरुपका समाचार नबनाउने कि !
भदौमाआँखा फुटेको गोरुले जहिलेपनि हरियो देख्छ भनेझै आजभोलि एउटा अनलाइन अनावश्यक ढङ्गबाट समाचार सम्प्रेसण गरिरहेछ । उक्त अनलाइनका एकजना पत्रकार छन्, जो इन्सुरेन्सको मुल्य बढ्छ बढ्छ अनि बढीमात्र रहन्छ भन्दै सबैलाई सल्लाह दिन्छ्न् । उनीसँग भएको एक इन्सुरेन्स कम्पनीको सेयरको भाउ बढाउन बजारमा अनेकौं भ्रम छरिएको छ । प्रष्ट नै छ, आगामी दिनमा ब्याजदर थप बढ्ने देखियो । राजनिती अन्यौल छ । ९ महिना लगाएर घटेको बजार ९ दिनमै पुरानो मुल्यमा पुगिसक्यो । 
वास्तवमै अहिले जलबिधुत कम्पनीको मुल्य ४०० पुगेको भय बजार २००० इन्डेक्स पुगिसकेको छ । राइट र बोनस लिस्टिङ्ग भैसकेकोले बजारमा अत्यधिक सप्लाई छ । बाफिया पारित भैसकेको छ । नयाँ थुप्रै इन्सुरेन्स कम्पनी दर्ता हुँदैछन । तसर्थ बजार सेबोनले भनेजस्तै अत्यन्तै जोखिम बिन्दुमै पुगेको हो । तर पनि खाली बढ्छ मात्र भन्ने अनलाइनले र तिनका पत्रकारले पनि सोच्ने कि !
ब्रोकरबाट चल्ने काम बन्द गर्ने कि !
धेरैलाइ थाहा छ, केहि ब्रोकरहरुले मिडिया चलाएका छन् । एउटा पनि विज्ञापन नभईपनि राम्रै तलवमा पत्रकारहरु राखेर मिडिया कसरी चल्छ, सबैले सामान्य रुपमै बुझ्न सक्ने कुरा हो । यस्ता मिडियाहरुमा रहेर आफ्नो करियरलाइ बर्बाद नगर्ने कि ! अथवा यसरी लगानीकर्ताहरुलाई ढोका नदिने कि ! विचार गरौँ ! एकोहोरो रुपमा कुनै कम्पनीको खेदो खन्ने र कुनै कम्पनीको अनावश्यक बखान गर्ने कामबाट मिडिया मुक्त हुनुपर्छ ।

धीतोपत्र बोर्ड वा नेप्सेकै कर्मचारीको लगौंटीयार पनि नबन्ने कि !
एउटा अनलाइन छ, जो आफु धीतोपत्र बोर्डको खुब नजिक भएको भान पार्न खोज्छ । उसका प्राय समाचारहरु धीतोपत्र बोर्डकै पक्षमा हुन्छन् । समाचार ब्यालेन्स भन्ने हुँदैन । अर्को एउटा आर्थिक अनलाइन छ जो खाली नेप्सेकै कुरा मात्र गर्छ । उसका लागि नेप्सेभन्दा ठुलो कुरा केहि होइन । यसरी कसैको लगौंटीयार पनि नबन्दा पो राम्रो हुन्छ कि ! लगानीकर्ता ती मिडियाले लेखेजस्तो मूर्ख पनि छैनन् । मिडियाले विचार गर्नुपर्यो । 

पढेर / बुझेर मात्र आर्थिक मिडिया चलाउने कि !
हुन त पत्रकारको परिचयपत्र पाउन पनि न्यूनतम एसएलसी हुनुपर्ने भन्ने नियम नेपाल सरकारको छ । सम्पादक हुन न्यूनतम स्नातक पास गरेको हुनुपर्छ । तर पत्रकारहरुलाई नियमन गर्ने निकायले पनि अलि पढेको र बुझेकोलाई मात्र आर्थिक अनलाइन संचालन गर्ने अनुमति दिंदा पनि राम्रै पो हुन्थ्यो कि । यहाँ त केके जाति गर्ने सबै पत्रकार भए त्यो पनि आर्थिक मिडियामा । हामी लगानीकर्ताले पनि त्यहि अनुसार समाचार पढ्नुपर्ने वाध्यता नपरे हुन्थ्यो । नत्र एक दिन हरेक लगानीकर्ताले भन्नेछन्, ‘थुक्क तिम्रो पत्रकारिता !’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: