×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मलमा प्रधानमन्त्री पुत्रको चलखेल

काठमाडौँ – कृषिमन्त्री गौरीशंकर चौधरीले लोबाना कम्पनीसंग खरिद सम्झौता गरेपछि यसको चर्को आलोचना भइरहेको छ । व्यक्तिगत फाइदालाई केन्द्रमा राखेर मन्त्रीले राज्यलाई ७२ करोड घाटा पार्न खोजेको भन्दै यस्तो निर्णय सच्याउन  मन्त्रीलाई धेरैले आग्रह गरेका छन् । मन्त्रीले गल्ती गरेको भन्दै निर्णय सच्याउन सुझाव एकपछी अर्को आइरहेको भएपनि प्रधानमन्त्री प्रचण्डपुत्र प्रकाश दाहाल भने मन्त्रीको लाविङमा भित्रभित्रै लागेका छन् ।  मिडियामा मन्त्रीको असलियत खुलाउदै समाचार आउन थालेपछि प्रधानमन्त्रीपुत्र प्रकाशले उनीसंग सम्बन्धनै नभएको यो विषयमा चासो राखेका छन् ।  
स्रोतका अनुसार प्रकाशले लोबानासँग गरिएको मल खरिद सम्झौतामा चिया खाएर सल्लाह गर्नुपर्यो भन्दै टेलिफोन गर्ने गरेको थाहा भएको छ । प्रधानमन्त्री पुत्र यसरी उनीसँग सम्बन्धनै नभएको विषयमा सक्रिय हुने थालेपछि उनको निया माथि नै प्रश्न उठाउन थालिएको छ । ‘प्रधानमन्त्री पुत्र प्रकाशले लोबाना कमपनीसँग मल खरिद गर्न कृषि मन्त्रीले गरेको सम्झौतामा निकै चासो राखेका छन् ।  ती पत्रकारले भने ‘उनले खबर लेख्ने प्रत्येक पत्रकारलाई फोन गर्दै अब मल खरिद समाचार खोतलेर नलेखिदिन आग्रह गरेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।    
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: