×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपरेशन आयल निगम १ : छैटौं तहमा ‘नक्कली सर्टिफिकेटधारी’ कर्मचारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हुन त नेपाल आयल निगममा बिगतदेखि नै भ्रष्टाचार र कालोबजारीका विभिन्न घटनाहरुबारे विभिन्न तथ्य बाहिर आइसकेका छन् । निगम भ्रष्टाचारी र नक्कली सर्टिफिकेटधारी कर्मचारीको अखडा बन्दै गएको आरोप लागिरहेका बेला यहाँका केहि कर्मचारीले भारत स्थित विहार इन्टरमिडियट काउन्सिलबाट आईएको नक्कली सर्टिफिकेटका आधारमा जागिर खाइरहेको तथ्य फेला परेको छ ।
आयल निगमको तथ्यांक अनुसार ‘इम्प्लोइ नम्बर’-००३६७’ रहेका प्रदीपमान बसि जो नेपाल आयल निगम बोर्ड सदस्य समेत हुन् । उनले नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको भन्दै केहि महिनाअघि नै अख्तियारमा उजुरी परिसकेको छ । उनको सर्टिफिकेट भारतमा तयार भएको देखिन्छ । 

बिहारी सर्टिफिकेटका आधारमा जागिर !
स्रोतका अनुसार सन् १९९२ मा बिहार इन्टरमिडिएट काउन्सिलबाट उनले पिसिएलको सर्टिफिकेट लिएका थिए । र त्यहि सर्टिफिकेटका आधारमा उनले निगममा जागिर खाएका थिए । ‘२०६७ देखि केही वर्ष नेपाल आयल निगमको थानकोट डिपोमा कार्यरत उनी २०७० देखि भने आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा छन् । निगममा रहंदा उनले अकुत सम्पत्ति समेत कमाएका छन् । सोहि विवरण खुलाएर उनीविरुद्ध अख्तियारमा उजुरी समेत परिसकेको छ ।’ स्रोतले भन्यो ।

यस्तो छ प्रदीपमानको बायोडाटा
कांग्रेस निकट उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा समेत सक्रिय भएको स्रोतको दावी छ । भक्तपुरका स्थायी बासिन्दा बसि (नागरिकता नम्बर ८१२०) ले २०३९ मंसिर ८ गते निगममा टाईपीस्टमा जागिरि शुरुवात गरेका थिए । यो तीन तहको जागिर हो । २०६१ साल वैशाख ४ गते उनलाई चारौँ तहमा बढुवा गरिएको थियो । सोही समयमा आर्थिक हिनामिना गरेको समेत आरोप लागेका उनलाई २०६३ माघ २८ गते उनलाई ५ औँ तहमा बढुवा गरिएको थियो भने २०६८ जेठ ५ गते छैटौँ तहमा बढुवा भएको थियो । ‘निगममा उनले लाखौँ रकम हिनामिना गरेका छन् । तर कांग्रेस भएकै कारण उनी,माथि कारवाही भएको छैन। ‘ निगममा रहेका एक कांग्रेस निकट कर्मचारीले नै भने। 

के भन्छन्प्र प्रदीपमान बसी ?
नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको भन्दै अख्तियारमा परेको उजुरीबारे हामीले हामीले प्रदीपमान बसीलाई केहि दिनअघि सम्पर्क गरेका थियौं । बसीले प्रश्न सोध्ने पत्रकारलाई ‘तपाईंलाई कसले भन्यो ?’ ठुलो स्वर गर्दै फोन राखेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: