राष्ट्रपति भण्डारी भारत र श्रीलंका जाने
Powered by Blogger.
राष्ट्रपति भण्डारी भारत र श्रीलंका जाने


काठमाडौं – नेपाल भार दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सावैजनिक गरेका छन् ।

भण्डारी आगामी बैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच राष्ट्रपति भण्डारी अर्को महिना श्रीलंका भ्रमणमा जानुहुने भएको छ । श्रीलंकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणामा उहाँ आगामी मे महिनाभित्र श्रीलंका भ्रमणमा जाने बताइएको छ ।

प्रकाशित मिति : Thursday, April 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...