बैंकको करोडौं ठगेर भागेका रविचन्द्रले मुख खोले, भन्छन्, 'म वाध्यताले ठग बनें, निर्दोष परिवारको सुरक्षा होस्, यिनीहरुबाट पैसा असुल्नू'
Powered by Blogger.
बैंकको करोडौं ठगेर भागेका रविचन्द्रले मुख खोले, भन्छन्, 'म वाध्यताले ठग बनें, निर्दोष परिवारको सुरक्षा होस्, यिनीहरुबाट पैसा असुल्नू'

  • रविचन्द्र खनाल
आदरणीय , मित्रहरू , इष्टमित्रहरू ,घर परिवार, तथा शुभ चिन्तकहरुमा मेरो नमस्कार !
२०७४ बैशाख १ गते बेलुका सम्म राम्रै भनिएको मानिस, बैशाख ३ गतेबाट एकाएक नराम्रो, फटाहा, चोर र भगुवा भएको छ । यो समयको खेल रहेछ । मैले जिन्दगीमा कसैको नराम्रो सोचिन । जसले जति बेला जे भन्छ्न्, त्यसको लागि रातदिन भनिन । बरु घर परिवारलाई समय दिन सधै दोस्रो सोचमा राखें । स्वभावैले म सबैको राम्रो नै होस् भन्ने चाहन्थे ।

यहि स्वभावका कारणनै आज म देश छोड्न बाध्य भएको छु । मनभरी पीडा र छटपटापन मात्रै भैरहेको छ । यहा कसैले समाउला, देख्ला भन्ने किन्चित छैन बरु, मनभरीका व्यथा ओक्ल्न पाये हुन्थ्यो मत्रै भइरहेको छ । मेरो जिन्दगी बच्चाबाटै मध्यम खालको थियोे । बा, आमा, हजुर आमा हरुले दुखै गरेर पढाउनुभएको, आरोह अवरोह पार गर्दै , बैंकमा जगिर खाएको हो । बैंकमा जागीर खाँदा एकपटक उच्च तहमा पुग्ने चाहना हुनूपनि अस्वाभाविक थिएन । त्यसैका लागि संस्थाप्रति मेरो लगाव सधै रहिरह्यो । बिबिए पढ्दा पोखरामा एफएम बल्ल भित्रीएको थियो । रेडियोबाट रामभक्त जोजि ज्युको -उडेर जुन छुन्छु भन्थे गित निकै बज्थ्यो । मैलेपनि केही पटक फर्माइस गरेको थिएँ, सायद आज मेरो जीवन त्यस्तै भएको छ ।

सबैको जीवनमा राम्रा-नराम्रा मान्छेहरु संगत गर्न आइपुग्दा रहेछन् मेरो जीवनमा पनि आए । तिनीहरुलाई चिन्न नसक्नु मेरो ठुलो भुल भयो । बिगत ५ बर्षदेखि म तिनै मानिसको संगतमा परे, जसले एकपछी अर्को आर्थिक सहयोग माग्दै गएर  म बीचमा बसेर सहयोग गरिदिएँ । प्रत्येकपटक यति गर्दिनुभयो भने १० दिन १५ दिन १ हप्ता पछी हाम्रो हिसाब मिल्छ भन्दै गए । चर्कै ब्याजमा लिने दिने राजी भएपछी मिलाउन न त कारोबार भन्ने सोचे र बिचमा बसेर कारोबार गराइदिए । सुरुमा केही रकम मलाइपनि नआएको होईन तर बिस्तारै उनीहरुले रकम नदिने तर लिन पर्ने मान्छेहरु मसँग आउने भएपछि फेरि अर्कोसँग ब्याज सहितको रकम माग्दै दिन थाले नत्र आफुलाइ मुछिदिन्छ्नकि जस्तो डर लग्दै गयो ।

उनिहरुलेनै तिर्नुपर्ने भएपछि म किन नराम्रो हुने भन्ने सोचे । एक पछि अर्को मान्छेलाई २० लाख ,३० लाख, ४० लाखसम्म गर्दिनुहोस् त्यसपछि हामी मिलाउछु भन्दै गए । हिसाब मिल्छकि भन्दै लगानीकर्तालाई भन्दिदै गए । ब्याज लिने मान्छेहरु एकै दिनमा , दुई दिनमै वा एक हप्तामानै राम्रो ब्याज पाउने  भएपछि दिंदै गएँ। पैसा फिर्ता पाएको केही समयमा काम छैन भनेर सोधपुछ गर्थे, अनि फेरि अर्कोलाई तिर्न केही समस्या हुने थिएन । यसरिनै रकम एकपछी अर्को गर्दै १, को २ , २ को ४ हुँदै गयो । आफू रोकिनु जुन सुकै बेला घातक हुने थियोे । लगेकाले पैसा नदिने, पैसा लगानी गर्नेहरुलाई आफ्नो इज्जत जोगाउन दिन दिनै ओल्टाइ, पल्त्टाइ गरिदिनु पर्ने, योसंगै रकमको साइजपनि ठुलै पुग्यो । आन्तिम दिनहरुमा बाध्यताले बैंक लाईनै छुनपर्ने भयो । एक रति पनि मन मा थिएन यसो गर्नु पर्ला भन्ने तर बाध्यता बन्दै गयो ।

कागजको जस्तो लाग्ने कारोबारमा वास्तविक पैसा प्रयोग हुन थालेपछी र पैसा लगेकाहरु अझ क्लोजिइङ मिलाउन पाए सबै मिल्छ भन्न थालेपछी म हिंड्नुबाहेक केही अरु उपाय भएन । आफ्नो सबै उजाडिएपछी कसैलाई केही नभनी म हिडे । यत्रो करोबार हुँदापनि मैले न नजिकका साथीभाइलाई भनें न श्रीमती न घर परिवार र आफ्न्त कसैलाई भने । कि सुरुमै भनेको भए कसैले येस्तो गर्न हुन्न भन्थे होलान् तर रकम ठूलो भएपछि सबैले आफुलाइ नै मूर्ख भन्ने डरले आफू भित्रै दबाइरहे ।

कसैको पैसा मैले आफ्नो बक्तिगत प्रयोगमा प्रयोग गरेको छैन बरु आफ्नै बोनस लगायतका पैसाहरु उनीहरुकै हिसाब मिलाउन प्रयोग भएका छन । जो सुकैले हेर्न अनुसन्धान गर्न सक्छ, हामिले अस्वाभाविक धन आर्जन गरेको, वा, जग्गा तथा शेयर किनेको भए । कति पीडा लुकाएर बसें होला म, आज आफै चकित परेको छु । न कसैले पीडाको अनुभव गरे, न कसैले भेउ पाए, म आफै भित्र पिल्सिएंमात्र । यस्तो हालतमा पुर्याउने सुन्दर जीवन माटोमा बिल्याउने निम्न ब्यक्तीहरुबाट नै रकमहरु असुली गरिउन , उनीहरु उम्किन नपाउन भन्नेनै मेरो आशय हो ।

मुख्य रकम प्रयोग गर्ने व्याकिहरु :
१. पुर्ण बहादुर थापा – हाल नयाँ गाउँ, पोखरा ।
२. कृष्ण कुमार राजभण्डारी – नयाँ बजार, पोखरा ।
३. अ्मृत पण्डित – हाल बुढी बजार ।
४. रबि जिम्बा – हाल पोखरा ५, पर्श्याङ
५. अमर कुमार श्रेष्ठ – सबिक देउराली , हाल बिरौटा
१० लाख सम्म मात्र
६. शंकर पौडेल – दमौली ।
७. नरेन्द्र जि. सि – साबिक पर्वत । हाल चितवन ।
५ लाख सम्म मात्र
८. शिव बास्तोला, कुमार – हाल नयाँ बजार
९. राजेश कुवर – बगाले टोल ।

जो जसले सुरुबाटै लगानी गरेर आफ्नो पैसाको १ गुणादेखि ४, ५ गुणा सम्म प्रतिफल लिइसक्नुभएको छ उहाँहरूले अन्तिममा दिएको  साँवाको लोभ गरेपनि तपाईंहरुकै कारण आज रकम ठूलो भएको हो । उतिबेला केही धितो नराखी जतिपनि रकम दिनुभयो तपाईहरुले, त्यसरी कमाउने लोभमा नदिएको भए म यसमा मुछिनु पर्ने थिएन । नयाँ मानिसहरु जसले अन्तिम समयमा सहयोग गरेर पीडित हुनुहुन्छ, म उनीहरुप्रति अत्यन्त दुखी छु । मेरो मन जलिरहेको छ । तपाईंहरुको विश्वासलाई मैले जोगाउन सकिन । राम थापा सर , मजस्तै पीडित हुनुहुन्छ होला । उहाँले पनि धेरैनै बिश्वास गरेर । बिहान बेलुका , रात नभनी, पैसा दिनुभयो, उहाँलेपनि अरुसंगै मागेर दिनुभएको मलाई थाहा छ । मिल्दै जाला भन्ने आश उहाँमापनि थियो होला । तर मिल्न सकेन । कति सकिन्छ माथी उल्लेखित ब्याक्तीहरु संग उठाउनुहोला । ब्याजले साँवा कभर गरिसकेकालाई पक्कै तिर्न गाह्राे हुनसक्छ । न पैसा आज तपाईंसंग छ । न मसँग ।

साना तिना रकम समाजमा चलेको ब्याज दरमा दिने हरु पनि कति दुखी छन होला । रकम दिन सक्ने अवस्थामा उनिहरुलाइ प्राथमिकता दिनुहोला ।

म त अब जिन्दगीभर खुशी हुन सकिन, श्रीमती , छोरीहरु, बा, आमा , हजुरआमा , बहिनी , नजिकका इस्ट मित्र साथीभाइ सुबेकक्षुकहरुलाई सार्है पिडा दिएँ, एउटा् सिङो जीवन बुढा पाकाको एउटा उखान सिक्न बित्यो – कसैको सुति नपस्नु ….। अब के नै गर्न सकिन्छ र । निर्दोष परिवारका सदस्यहरुको सुरक्षा र मानवीय सम्मान होस् । -

(रविचन्द्र खनालकाे फेसबुकबाट साभार)


Published Date : Monday, April 24, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...