×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वाइन बनाउन कण्डमको प्रयोग !

एजेन्सी – वाइन बनाउन काण्डमको प्रयोग ! सुन्दै अचम्म लाग्ने यो कुरा सत्य हो । क्युवामा बनेको विश्व चर्चित घरेलु वाइन बनाउन कण्डमको प्रयोग हुने गरेको रहस्य खुलेको छ । चर्चित अन्तराष्ट्रिय पत्रिका ‘लाइभ साइन्स’ जर्नलमा प्रकाशित समाचार अनुसार उक्त वाइन बनाउन कण्डमको प्रयोग गरिन्छ । समाचार अनुसार यो पद्धति सजिलो र सस्तोसमेत छ  भने यसको माग पनि उच्च छ । उक्त रक्सीलाई कम्तीमा पनि २५ डलर अर्थात करिव २७ सय नेपाली रुपैयाँमा खरिद विक्रि गरिने गरिएको समाचारमा उल्लेख छ  ।

किन गरिन्छ यस्तो ?
समाचारमा जनाइएअनुसार  वाइनमा अंगुरको रसमा कार्वनडाइअक्साइड मिसाएपछि फिँज बन्छ र त्यसपछि कण्डमले ढाकेर राखिन्छ । कन्डमले कार्वनडाइअक्साइडलाई नियन्त्रण गर्ने हुनाले यस्तो गरिएको हो । हरेक बोतलमा लगाएको कण्डमको आकार एउटा व्यक्तिको लिंग जस्तै देखिएपछि वाइन हुन्छ  । यसरी बनाइएको वाइन अन्यभन्दा स्वादिलो भएको प्रतिकृया आफुले पाएको उनले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: