×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रेडक्रसमा मनपरी, व्यवस्थापन पढेका व्यक्ति डाक्टरको पदमा, बच्चा पाउनासाथ जागिर चट् !

परोपकारी र मानवीय संस्थाको रूपमा परिचित रेडक्रसभित्र मानवता, निष्पक्षतालगायत सात सिद्धान्तको खिल्ली उडाउँदै कर्मचारीको नियमित शोषण हुँदा आतंक फैलिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवनका प्रमुख रमेशकान्त पौडेलको कारण कर्मचारी ‘बोलबोल मछली मुख भरि पानी’को अवस्थामा छन् ।  कर्मचारी बिहेपछि जागिरबाट हट्नुपर्ने बाध्यकारी नियमको चपेटामा परेका छन् । 
बच्चा भएका कर्मचारीको जागिर खोसिदिएका छन् । टेक्नोलोजिस्टको तलबमा हस्ताक्षर गराएर मासिक सात हजार पाँच सय मात्रै दिने गरेको पाइएको छ । सूचना विभागको रातो कार्डधारी पौडेल पत्रकार हुँभन्छन् । हालै बिहे गरेका दुई जना ल्याब प्राविधिकलाई जागिरबाट हटाएका छन् । रेडक्रस चितवनका सभापति हरिप्रसाद पौडेलसमक्ष गुहार मागे पनि केही नलागेको पीडित बताउँछन् ।  
रक्तसञ्चार केन्द्र काठमाडौँ प्रमुख डा. मनिता राजकर्णिकारले उनको व्यवहारबारे केही नसुनेको तर यदि सत्य भए कारबाही गर्ने बताइन् । शुरुमा स्वयंसेवक रहेर ३ महिनासम्म निःशुल्क सेवा गर्नुपर्ने र त्यसपछि तलबको व्यवस्था गर्ने नियम छ । तर, कार्यरत १४ जनाले एक वर्षदेखि तलब पाएका छैनन् । मासिक सात हजार पाँच सय दिने भनिए पनि हालसम्म उक्त पारिश्रमिक नपाएपछि त्यहाँ कार्यरत कर्मचारीलाई खाउँ कि छाडौं भएको छ । 
व्यवस्थापन विषय बढेका उनी विज्ञ डाक्टरको पदमा रक्तसञ्चारको हाकिम भएर बसेका हुन् । उक्त केन्द्रमा ४२ जना कर्मचारी छन् । पहिला माया–पिरती र पछि आफूले सोचेअनुरूप नभए धम्कीपूर्ण खालका सन्देश ९८५५०८१०८८ नम्बरको मोबाइलबाट आउने गरेका छन् । केटीलाई पठाएका केही एसएमएस सुरक्षित छन् ।  जनआस्था साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: