×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘प्रकाशन आरम्भको ९ महिना र हाम्रा ९ समाचार प्रभाव’


  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
२०७३ साल साउन १ गते औपचारिक रुपमा प्रकाशन सुरु गर्दा नै हामीले भनेका थियौं, ‘अर्थ सरोकार डटकम समाचारको शक्ति स्थापित गर्ने रफ्तारमा छ ।’ त्यसवखत सायद हामीले पनि सोचेका थिएनौं होला कि हामी यति छोटो समयमा यहाँसम्म आइपुग्छौं भनेर । प्रकाशनको सय दिन नबित्दै हामी नेपालको नम्बर वान आर्थिक पोर्टल त भयौं नै, थप ६ महिनासम्म पनि हामीले हाम्रो त्यो ‘चार्म’ कायम गरिरहेका छौं । जुन थप चुनौतीपूर्ण थियो । 
पत्रकारिता गर्नु ठुलो कुरा होइन । तर निर्भिक पत्रकारिता गर्नु र समाचारको शक्ति स्थापित गर्नुभने पक्कै सानो कुरा होइन । यी ९ महिनामा हामीले कयौं झड्काहरु प्रस्तुत गर्यौं, जसबाट सम्बन्धित व्यक्ति वा संस्थाले आवश्यक काम कारवाही अगाडी बढाए । नेपाली आर्थिक मिडियाको क्षेत्रमा खास र नयाँ तरिकाका साथ आएकामा हामी गर्व त गर्छौं नै, त्यससँगै हामीले लेखेका समाचारले सम्बन्धित क्षेत्रमा ल्याएको सकारात्मक परिवार्तनका प्रति हामी सधैं खुसी छौं ।

समाचार प्रभाव नम्बर १ :

एसबीआई बैंकका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका प्रमूख प्रशासक कृष्ण प्रसाद आचार्य हिमालयन बैंकका समेत सञ्चालक रहेको र यसरी नियम विपरित काम हुँदापनि राष्ट्र बैंकले हेरेर बसेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कृष्णप्रसाद आचार्यको ठाउँमा जितेन्द्र धिताल नियुक्त भएका थिए । स्रोतका अनुसार अर्थ सरोकार डटकममा समाचार प्रकाशन भएपछी यो बिषयले संचालक समितिमा ठुलै बबण्डर भएको थियो । अन्तत: कृष्ण प्रसाद आचार्य ‘बोर्ड अफ डाइरेक्टर’ को सदश्यबाट हटेका छन् भने उनको ठाउँमा जितेन्द्र धितालले नियुक्ति पाएका छन् । 
समाचार प्रभाव नम्बर २ :
एनबी इन्सुरेन्स वीमा सम्बन्धि ऐन विपरित चलेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि वीमा समितिले एनबी इन्सुरेन्सका नाममा पत्र काटी इन्सुरेन्सका संचालक योगेन्द्र राइलाइ बर्खास्त गर्नु भनी काटेको थियो । वीमा सम्बन्धी ऐन अनुसार फौजदारी अभियोग प्रमाणित भएका कुनै पनि व्यक्ति इन्सुरेन्स कम्पनीको सञ्चालक पदमा बस्न नपाइने स्पष्ट उल्लेख छ । तर सो ऐनलाई मिच्दै एनवी इन्सुरेन्सको सञ्चालक पदमा सर्वोच्च अदालतले फौजदारी अभियोग प्रमाणित गरेका योगेन्द्र राई रहेको तथ्य खुलेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक भएको थियो । उनी बालाजी इन्टरनेशनल प्रालि नामक कम्पनीको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहँदै आएका थिए । 
समाचार प्रभाव नम्बर ३ :
एनआइसी एसिया बैंकले सेयर बजार घटेका बेला अनावश्यक मार्जिन कल गरेर सेयर लगानीकर्ताहरुलाई अत्याएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि बैंकले अनावश्यक मार्जिन कल गर्न रोएको थियो ।यता नियम मिचेर उसले निकालेको सेयर लीलामीको सुचना समेत रद्ध गरेको थियो । 
समाचार प्रभाव नम्बर ४ :
२०७३ साल साउन १ गते सुरु भएको अर्थ सरोकार डटकमले बिगत ९ महिनामा चन्द्रागिरी हिल्सका विभिन्न कर्तुत विरुद्ध समाचार छापेपाची यसको सीधा प्रभाव परेको देखिएको थियो । अर्थ सरोकारको निरन्तर समाचारपछि केवलकारको मूल्य समेत विभिन्न बहानामा घटाइएको थियो भने नेपाल महालेखा परीक्षकको कार्यालयले समेत उक्त केवलकार कम्पनीमाथि छानविन गर्न आदेश दिएको छ । अर्थ सरोकार डटकमले ब्रेक गरेको यो समाचारको धारावाहिकलाइ नेपालको ठुलो मिडिया मानिएको कान्तिपुर राष्ट्रिय दैनिकले समेत पछ्याएको थियो । त्यसपछि दर्शकले हाम्रा समाचारप्रति हेर्ने दृष्टि अझै फराकिलो भएको थियो । 
समाचार प्रभाव नम्बर ५ :
नेपालमा सेल्फी एक्स्पर्टका नाममा कमसल मोबाइल बेच्ने र त्यसमापनि कम मूल्यको भ्याट बिजक जारी गर्ने ओप्पो मोबाइलका कर्तुत विरुद्ध अर्थ सरोकार डटकमले निरन्तर खबर सार्वजनिक गरेपछि अन्तत आन्तरिक राजश्व विभागले ओप्पोका विक्रेता रहेका विभिन्न मोबाइल पसलहरुमा छापा मारी आवश्यक प्रक्रिया बढाएको छ । आन्तरिक राजश्व विभागले विना भ्याट बिल मोबाइल बेच्ने र कम मूल्यमा भ्याट छली गरि कारोवार गरेको आरोपमा केही पसलहरुमा छापा मारी छानविन अगाडि बढाएको हो । यता अर्डरकै भरमा मात्र ओप्पो मोबाइल बेच्ने गरेका पसलहरुले भने ओप्पो मोबाइलनै बेच्न छाडेको बताएका छन् । ओप्पो ब्राण्डले नेपालमा करोडौं रुपैयाँ कर छली गरेको र त्यहि बीचमा आफुहरु पर्ने भन्दै पसलहरुले ओप्पोको मोबाइलनै बेच्न छाडेको बताएका छन् । 
समाचार प्रभाव नम्बर ६:
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई नियामक निकायहरुले सचेतपत्र काटे, छानविन प्रक्रिया अगाडी बढाए
अर्थ सरोकार डटकमले बिगत ९ महिनामा छापेका समाचारपछि विभिन्न संस्थाहरुलाई नियामक निकायहरुले छानविन प्रक्रिया अगाडी बढाए । बिगतमा जेल परेका व्यक्ति सिनर्जी फाइनान्सका सीइओ भएको समाचार हामीले प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकमा चिठी काट्यो । यस्तै कुमारी बैंक, मेगा बैंक, लगायतका समाचारपछि नेपाल राष्ट्र बैंकले नीज बैंकहरुमा छानविन प्रक्रिया अगाडी बढायो । 
समाचार प्रभाव नम्बर ७:
जिल्ला शिक्षा कार्यालय चितवनका जिशिअ गोबिन्द प्रसाद अर्यालले कार्यालयको नाममा रहेको बा. १ . झ . ६६३२ नम्बरको सरकारी गाडीको पटकपटक दुरुपयोग गरेको बारे अर्थ सरोकार डटकमले खबर ब्रेक गरेपछि उनलाई शिक्षा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । हामीले खबर सार्वजनिक गरेपछि सोहि खबरलाइ आधार बनाएर उनीमाथि मन्त्रालयमा उजुरी परेको थियो । उनले यस विषयमा शिक्षा मन्त्रालयमा स्पष्टी दिएर आफ्नो गल्ती भएको स्वीकारेका थिए । 
नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि सीडीओको निर्देशनमा उक्त झण्डा हटाइएको छ । समाचार प्रकाशन भएपछी त्यहाँका स्थानीयहरुले झन् चर्को विरोध गरेपपछी उक्त झण्डा हटाइएको बताइएको छ । उक्त तस्विर रविन्द्र चौंलागाईले खिचेका थिए भने उनका एक साथीले ‘मेन्स रुम रिलोड़ेड’ नामक युवाहरुको चर्चित समुहमा अपलोड गरेका थिए । त्यहि तस्विरका आधारमा अर्थ सरोकार डटकमले समाचार लेखेको थियो ।
समाचार प्रभाव नम्बर ८ :
बिहिबार हुने भनिएकाे कम्प्युटर विषयकाे प्रश्नपत्र बुधबार अाउट भएपछि कैलाली मसुरियाका २१ विद्यालयकाे परिक्षा स्थगित भएकाे छ । उक्त विषयकाे परिक्षा पर्सी अर्थात १३ गते अाइतबार मात्रै हुने तालिकामा थियाे । मसुरिया ४ (हाल गौरीगंगा नगर पालिका ) ८ स्थित लिक्मा स्राेत केन्द्रस्तरीय बार्षिक परिक्षा २०७३, अन्तर्गत कम्प्युटर विषयकाे प्रश्न पत्र बिहिबार हिजै अाउट भएकाे समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेकाे थियाे । लिक्मा स्रोत केन्द्रका प्रधानाध्यापक जंग बहादुर देउवाकाे मिलेमताेमा प्रश्नपत्र अाउट गरिएकाे स्राेतकाे भनार्इ रहेपनि यता प्रअ देउवाले भने अाफुलार्इ यस विषयमा कुनै जानकारी नै नभएकाे बताएका थिए ।
शुभारम्भ पब्लिकेसनले प्रकाशन गरेको सामाजिक शिक्षा अन्तर्गत कक्षा ९ को कितावमा रहेको गौतम बुद्धबारे विवादित पाठ हटाइएको छ । गौतमबुद्धको जन्म उत्तरी भारतमा रहेको उल्लेख गरिएको उक्त पाठकाबारे अर्थ सरोकारले समाचार प्रकाशन गरेको थियो भने सम्बन्धित संस्थालाई कारवाही हुनुपर्ने मागसहित समाचारको फलोअप तथा सम्पादकीय प्रकाशित गरेको थियो । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै शुभारम्भ पब्लिकेसनका एकेडेमीक डाइरेक्टर दिनेश अधिकारीले आफुलाई सचेत गराएको भन्दै अर्थ सरोकार डटकमलाई धन्यवाद दिएका छन् भने यस बिषयमा जनतासँग संस्था क्षमा याचना गर्ने बताएका छन् । ‘हामीबाट गल्ती भएकै हो । यसका लागि पब्लिकेसन समक्ष जनतासमक्ष माफ माफ माग्दछ । उक्त गल्तीलाई सच्याएका छौं । हाम्रो नयाँ पुस्तक प्रिन्ट हुँदा उक्त पाठ नै हटाइएको छ भने अहिले बजारमा गएका पुस्तकहरुमा स्टिकर टाँसेर त्यसलाई सच्याउने काम भइरहेको छ । ‘

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा भ्रष्टाचार गरेको आरोपमा दुइ हाकिमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खबर अर्थ सरोकार डटकमले प्रकाशन गरेपछि संस्थाका दुइ हाकिमको जागिर गएको छ । समाचार प्रकाशन लगत्तै आइक्यानका प्राविधिक निर्देशकले आइक्यानबाट राजिनामा दिएका थिए भने आइक्यानका कार्यकारी निर्देशकलाई आइक्यानको काउन्सिल बैठकले यो फाल्गुनसम्ममात्र आइक्यानमा राख्ने निर्णय गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: