×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकको खुद नाफा ४१.२४% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकले ९४ करोड ६९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रस्तुत गरेको रिपोर्ट अनुसार गत वर्ष यही अवधिको तुलनामा ४१.२४% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष तेस्रो त्रैमासमा बैंकको खुद नाफा ६७ करोड ४ लाख १६ हजार रुपैयाँ थियो । सानिमाले यो त्रैमासमा खुद ब्याज आम्दानी पनि ३६.७६% ले वृद्धि गरेर एक अर्ब ६५ करोड २९ लाख ६४ हजार रुपैयाँ पुर्याएको छ । बैंकले २३ लाख ६५ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि ११ करोड ५३ लाख ८१ हजार रुपैयाँ छुट्याएको छ । सानिमाले तेस्रो त्रैमाससम्म आइपुग्दा ५३ अर्ब ४३ करोड २२ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै, बैंकले ४८ अर्ब ५९ करोड ६८ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । यसले खराब कर्जालाई अत्यन्तै न्यून राखेको छ । गत वर्ष ०.१२% रहेको खराब कर्जा यसपटक ०.०४% मै सीमित भएको छ । तेस्रो त्रैमासमा बैंकको कस्ट अफ फन्ड थोरै बढेर ४.६८% मा पुगेको छ । गत वर्ष यही अवधिमा कस्ट अफ फन्ड ३.९१% थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सानिमाको चुक्ता पुँजी ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार रुपैयाँ भएको छ । बैंकको चुक्ता पुँजी गत वर्ष ३ अर्ब ६ करोड २ लाख ८८ हजार रुपैयाँमात्र थियो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने क्रममा सानिमाले फेरि वैशाख १७ गतेदेखि ३०% हकप्रद सेयरको बिक्री खुला गर्दैछ ।
हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ पुग्नेछ । सानिमाको रिजर्भ कोषमा १ अर्ब ७४ करोड ८ लाख ३ हजार रुपैयाँ छ । पुँजीसँगै बैंकलाई रिजर्भ कोष पनि थप मजबुत बनाउनुपर्ने चुनौती थपिएको छ । सानिमाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८१ पैसा छ । गत वर्ष तेस्रो त्रैमासको तुलनामा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेको छ । गत वर्ष सानिमाको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ १ पैसा थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: