×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शिक्षा कार्यालय काठमाडौंको निर्देशन : अवदेखि विद्यालयले अधिकतम शुल्क ३६०० मात्रै लिन पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शिक्षा कार्यालय काठमाडौंले नयाँ नियम ल्याएको छ । नयाँ नियम अनुसार अधिकतम ३ हजार ६ सय रुपैयाँ शुल्क लिन पाउने गरी सीमा तोकिएको छ । अझ खास कुरा त के छ भने विद्यालयले लिने शुल्कको शीर्षकसमेत खुलाउनुपर्ने छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार भर्ना, मासिक, वार्षिक र वर्षभरि गरिने अन्य विविध कार्यक्रममा लाग्ने शुल्क मात्रै लिन पाइनेछ । 
जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यका अनुसार विद्यालयको बर्गीकरण समेत गरिएको छ भने कक्षा १ देखि ५ सम्मका ‘घ’ वर्गले १ हजार १ सय ८१, ‘ग’ ले १ हजार ५ सय ७५, ‘ख’ ले १ हजार ९ सय ६९ र ‘क’ ले बढीमा २ हजार ३ सय ६३ रुपैयाँ लिन पाउन छन् । 
आधारभूत तहकै कक्षा ६ देखि ८ कक्षाको ‘घ’ वर्गले १ हजार ३ सय ५०, ‘ग’ ले १ हजार ८ सय, ‘ख’ ले २ हजार २ सय ५० र ‘क’ ले बढीमा २ हजार ७ सय रुपैयाँसम्म लिन पाउने छन् । माध्यमिक तह ९ र १० कक्षासम्म सुचारु विद्यालय ‘घ’ वर्गले १ हजार ८ सय ३८, ‘ग’ ले २ हजार ४ सय ५०, ‘ख’ ले ३ हजार ६३ र ‘क’ ले बढीमा ३ हजार ६ सय ७५ रुपैयाँसम्म लिन पाउने छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: