सेवाको ७ लाख ५२ हजार कित्ता सेयर पुन: लिलामीमा
Powered by Blogger.
सेवाको ७ लाख ५२ हजार कित्ता सेयर पुन: लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं - सेवा विकास बैंकले पुन: सेयर लीलामीमा ल्याउने भएको छ । बैंकको सात लाख ५२ हजार १५१ कित्ता सेयर लिलामीमा बिहिबारदेखि बिक्री खुला गरेको छ । यसअघि लिलामीमा निष्कासन गर्दा बिक्री नभएको सेयर बैंकले बिहीबारदेखि फेरि लिलामीमा बेच्न लागेको हो । हकप्रद आवश्यकता अनुसार बिक्री नभएपछि लिलामी प्रक्रिया अपनाइएको बैंकले बताएको छ । यसअघि बैंकले गत मंसिर २३ गतेदेखि पुस २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

यो सेयर किन्न चाहाने आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सेवा विकास बैंकको प्रधान कार्यालय पुष्पलाल चोक बुटवलबाट फारम लिन र बुझाउन सक्नेछन् । बैंकले दिएको जानकारी अनुसार यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहनेछ । स्मरण रहोस्,  यो सेयर किन्ने म्याद चैत्र ३० गतेसम्म छ । 

प्रकाशित मिति : Thursday, April 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...