बर्ष २०७३ लाई फर्केर हेर्दा : यी ७ उल्लेखनीय घटना, जसले लगानीकर्तालाई खुसी बनायो !
Powered by Blogger.
बर्ष २०७३ लाई फर्केर हेर्दा : यी ७ उल्लेखनीय घटना, जसले लगानीकर्तालाई खुसी बनायो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - २०७३ सालमा नेपाली सेयर बजारमा निकै उतारचडाव आए । विभिन्न कुराहरुले नेपाली सेयर बजारमा तरङ्ग फैलिरह्यो । नेप्से र नेपाल धीतोपत्र बोर्डबीचको खिचातानी लगायतका विभिन्न कारणले सेयर बजारमा नयाँ नयाँ तरङ्ग आए । माथिल्लो विन्दुमा बर्ष २०७३ मै पुगेको नेप्से त्यसपछि झर्ने र पुन: उक्लने क्रम पनि 'कडा' रुपमै भयो । हेरौं मुख्यतया के के राम्रा काम भए त नेपाली सेयर बजारमा साल २०७३ मा ? 

१. नेप्सेले २०७३ साल साउन १२ गते इतिहासमै सबैभन्दा धेरै अंक १८८१ कायम गर्यो । यो हालसम्मकै सबैभन्दा माथिल्लो विन्दु हो । त्यसपछि लगातार घटेको बजार फागुन १ गते सबैभन्दा न्यून अंक १२ सय ५२ अंकमा झर्यो । चुनाव हुने वातावरण बन्दै गएपछि लगातार पुन: उकालो लागेको बजार मधेशी मोर्चाको चुनावमा भाग नलिने निर्णयपछि पुन: ओरालो लाग्दै आएको छ ।

२. एकै दिन पौने ३ अर्ब रुपैयाँसम्मको कारोबार भई रकमका आधारमा पनि सेयर बजारले नयाँ रेकर्ड बनायो । बजारमा भएको रेकर्डसँगै थुप्रै लगानीकर्ताहरु हौसिएका थिए ।

३. वर्ष २०७३ मा सेयर बजारमा खास बिकासहरुपनि भए । यहि बर्षदेखि लगानीकर्ताले मार्केट डेप्थ हेर्ने अवसर पाए । मार्केट डेप्थले नेपाली लगानीकर्ताहरुलाई सेयरको माग र आपूर्तिलाई मध्यनजर गरेर आदेश दिन नकै सहज भएको प्रतिक्रिया लगानीकर्ताहरुले दिएका छन् । सम्पूर्ण सेयरलाई डिम्याट प्रणालीमा लैजाने काम पनि यो बर्ष नै भयो ।

४. प्राथमिक सेयर आवेदनका लागि आस्वा प्रणालीको सुरुआत पनि यसै बर्ष भयो । प्राथमिक सेयर आवेदन दिन लाइन बस्नुपर्ने झन्झटको अन्त्य भयो । उपत्यकाबाहिर थप शहरहरुमा आरडब्लुएस विस्तार भई सेयर कारोबार सुरु समेत यसै बर्ष भयो ।

५. यो बर्ष लगानीकर्ताहरुलाई धेरै कुरामा फाइदा भयो । ब्रोकरको कमिसन साउन ५ गते ४० प्रतिशत घट्यो । बजारको उतारचढावले लगानीकर्तालाई धेरै कुरा सिक्ने अवसर पनि पाए । फागुन १ गते १२ सय ५२ अंकमा नेप्से पुग्दा सेयर बेच्नेले पनि राम्रै पाठ सके भने १८ सय ८१ अंकको उच्च बिन्दुमा पुगेका बेला सेयर किनेकालाई पनि राम्रै पाठ सिकायो बर्ष २०७३ ले ।

६. बनेपा, बिर्तामोड, नारायणघाट, नेपालगन्ज, बिराटनगर र बुटवल गरी ६ शहरबाट सेयर कारोबार सुरु भयो ।एक वर्षको अवधिमा लगानीकर्ताको संख्यापनि निकै बढ्यो । पछिल्लो तथ्यांकअनुसार सिडिएस एण्ड क्लियरिङका अनुसार डिम्याट प्रणालीमा आवद्ध लगानीकर्ताको संख्या ७ लाख ८६ हजार छ । 

७. नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा अगाडि बढाउने कामसमेत यो बर्ष भयो ।


Published Date : Friday, April 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...