शिवम् सिमेन्ट : झूट बोल्ने मामलामापनि 'नो कम्प्रमाइज' !
Powered by Blogger.
शिवम् सिमेन्ट : झूट बोल्ने मामलामापनि 'नो कम्प्रमाइज' !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - 'क्वालिटीको मामलामा 'नो कम्प्रमाइज' शिर्षकको ब्रान्डीङ स्लोगन लिएर नेपाली बजारमा आएको शिवम् सिमेन्टक विभिन्न ठगी र बदमासी सार्वजनिक भइरहेका छन् । यसैक्रममा विज्ञापनका आडमा ठगी गर्ने शिवम् सिमेन्टको नयाँ नयाँ कर्तुतहरु सार्वजनिक हुन थालेका छन् भने बिगतमा पनि थुप्रै बदमासी सिमेन्टको ब्रान्डीङका नाममा भएको खुलासा भएको छ । 



भ्रामक विज्ञापन गरेर जनताको आँखामा छारो हालेको खुलासा 

'नो कम्प्रमाइज' वाला स्लोगनसहितको ब्रान्डीङ आउनुपूर्व कम्पनीले माथि उल्लेखित विज्ञापन विभिन्न सञ्चारमध्यममा प्रकाशन / प्रशारण गरेको थियो । जुन सरासर झुट थियो । सिमेन्टले भारतको गुणस्तर मापक आइएस्आइ पाउने पहिलो सिमेन्ट कम्पनी भनेर प्रचार गरेको थियो । तर सत्यचाहिं के हो भने त्यसअघि नै धेरै सिमेन्ट उद्योगहरुले भारतको गुणस्तर मापदण्ड प्रमाण चिन्ह पाइसकेका थिए । हेरौं यथार्थमा कसकसले पाएका थिए उक्त आईएसआई :
यसअघि यी कम्पनीले पाएका थिए आईएसआई
क्र ससिमेन्टको नामसिएमएल नं (भारतमा)भेराइटी /ब्राण्ड
आरएमसी सिमेन्ट, बारा4035645पोर्टल्याण्ड स्लाग सिमेन्ट
नेपाल सालिमार सिमेन्ट4049252पोर्टल्याण्ड स्लाग सिमेन्ट
जगदम्बा सिमेन्ट4100003752पोर्टल्याण्ड स्लाग सिमेन्ट
अरनिको सिमेन्ट4100009259४३ ग्रेड, पोर्टल्याण्ड
नारायणी सिमेन्ट4100006859४३ ग्रेड, पोर्टल्याण्ड
आरएमसी सिमेन्ट, बारा (दोस्रोपटक)4100004148४३ ग्रेड, पोर्टल्याण्ड
नेपाल सालिमार सिमेन्ट (दोस्रोपटक)4049353४३ ग्रेड, पोर्टल्याण्ड
शिवम् सिमेन्ट4100010850४३ ग्रेड, पोर्टल्याण्ड
जगदम्बा सिमेन्ट4100002548४३ ग्रेड, पोर्टल्याण्ड
१०शिवम् सिमेन्ट4100011448५३ ग्रेड, पोर्टल्याण्ड
शिवम् को प्रचार सरासर झुटो : सिमेन्ट उद्योगी 
'शिवमको सूचनाले हामी पनि छक्क पर्यौं । एउटा सिमेन्ट उद्योगले किन यस्तो झुटो प्रचार गर्छ भन्ने कुरा बुझ्न सकिएको छैन । यो सुचना सरासर गलत र झुठो हो । जनतामाझ भ्रम छर्ने प्रयास गरेको थियो शिवम् ले। सहि कुरा चाहिंके हो भने हामीले पहिलेनै भारत निर्यात गर्न अनुमति पाइसकेका छौं।' भारत निर्यात गरिसकेको कम्पनी आरएमसी सिमेन्टका संचालक राजेश अग्रवालले अर्थ सरोकार डटकमसँग भने ।


प्रकाशित मिति : Sunday, April 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...