राष्ट्र बैंकले ल्यायो 'गज्जब'को नियम : 'अवदेखि एसएमएस बैंकिङ अनिवार्य र नि:शुल्क'
Powered by Blogger.
राष्ट्र बैंकले ल्यायो 'गज्जब'को नियम : 'अवदेखि एसएमएस बैंकिङ अनिवार्य र नि:शुल्क'

  • सुर्जनी पौडेल / अर्थ सरोकार डटकम 

काठमाडौं – अवदेखि एसएमएस बैंकिङ अनिवार्य र नि:शुल्क हुने भएको छ ।  बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना (सतर्कता सन्देश) दिनुपर्ने नियम ल्याएको छ । प्रत्येक कारोबारको अनिवार्य सुचना दिनुपर्ने नियम उँदो वैशाख १६ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आइसक्नुपर्ने गरी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले उक्त निर्देशन दिएको छ ।

‘प्रत्येक कारोबारपछि अनिवार्य रूपमा सम्बद्ध ग्राहकलाई तत्काल एसएमएस अलर्ट दिनुपर्ने छ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । पछिल्लो समयमा एटीएममार्फत चोरी बढेपछि ग्राहकलाई सचेत बनाउन यसो गर्न लागिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । अझ ग्राहकहरुका लागि खुसीको कुरा त के छ भने यस्तो एसएमएस सुविधाबापत थप शुल्क समेत लिइने छैन। अहिले एसएमएस बैंकिङ भन्दै अतिरिक्त सेवाको रुपमा विभिन्न बैंकहरुले भिन्ना भिन्नै शुल्क लिइरहेका छन्।  


Published Date : Wednesday, April 5, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...