×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पटक पटक असफल भइयो भनेर चिन्ता भयो ? पढ्नुहोस् खरवपति ‘ज्याकमा’को ७ असफलताका कथा

काठमाडौँ । हामी जीवनमा एउटा कुनै असफलतामा कति धेरै चिन्तित हुन्छौं । यहि बानीले धेरैलाई समस्यामा समेत पारेको छ । भविष्यको चिन्ता हुनु स्वाभाविक भएपनि पटक पटक हुने असफलात्ताले त मानिसलाइ नैराश्यता बाहेक केहि दिंदैन । 
तर यसरी पटक पटक असफलता पाएकाहरुले चीनका चर्चित धनाढ्य ज्याकमाको जीवनी पढे भने धेरै कुरा सिक्न सक्छन् । गत १० सेप्टेम्बरमा ५२ वर्ष पुगेका उनीसँग अहिले २७ अर्ब ९० करोड अमेरीकी डलर बराबरको सम्पत्ति छ । तर उनका जीवनमा असफलताका धेरै कथाहरु छन् । हेरौं उनले जीवनमा पाएका चर्चित ७ असफलाका कथाहरु :
१. उनी स्कुलदेखि कलेजसम्म प्राय: फेल भइरहने विद्यार्ही थिए । प्राथमिक तहमा दुईपटक फेल भएका थिए उनी माध्यमिक तहमा ३ पटक र कलेजको इन्ट्रान्स परिक्षामा दुईपटक फेल भएका थिए ।
२. फेल भएको मात्र भए त ठिकै हो । तर कलेजको प्रवेश परीक्षामा १ प्रतिशतभन्दा पनि कम अंक ल्याएको असफलताको कथा पनि छ उनको । ‘मेरो गणित राम्रो थिएन, र मैले अहिलेसम्म कहिले पनि म्यानेजमेन्टको अध्ययन गरेको छैन । साथै अहिलेसम्म पनि म एकाउन्टको रिपोर्ट पढ्न सक्दिनँ ।’ उनले विदेशी सञ्चारमाध्यमसँग भनेका छन् । 
३. ज्याक १० पटकसम्म अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट रिजेक्टेड भएका थिए । तर जति पटक रिजेक्टेड भएपनि उनले निवेदन दिन भने छाडेन् । 
४. जीवनमा उनले जागिर नपाएको खल्लो अनुभव पनि गरेका छन् । स्नातक तहको पढाई पुरा गरेपछि ३० वटाभन्दा बढि स्थानमा रोजगारीको लागि आवेदन दिएका थिए उनले । तर हरेक अन्तवार्तामा उनी फेल भए ।
५. आफु मात्र फेल हुनुको पीडा बेग्लै हुन्छ । यस्तै भएको थियो उनको जीवनमा पनि । केएफसीले कामदारको खोजी गर्दा उनले समेत आवेदन दिएका थिए । अन्तर्वार्ता दिनेमा उनीसँगै २४ जना थिए । २४ जनामा २३ जनालाई केएफसीले छान्यो । अन्तरवार्तामा उनी मात्रै फेल भए ।
६. सिलिकन भ्यालीलाई अलिबाबामा आकर्षित गर्न असफल भए उनी । तीन वर्षसम्म त अलिबाबा नाफामा जानै सकेको थिएन । उनी भन्छन् ‘मैले अलिबाबा सञ्चालनका क्रममा १ हजार १ वटा गल्ति गरेको छु ।’
७. उनी १८ वटा पार्टनरलाई लिएर अघि बढेका थिए । तर कोही पनि म्यानेजरभन्दा माथि उठ्न सकेनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: