बजारको नयाँ रुप र बस्न सक्ने 'रिस्क'
Powered by Blogger.
बजारको नयाँ रुप र बस्न सक्ने 'रिस्क'

  • सुहिल भुषाल 
तर्क आ -आफ्ना होलान तर 'सत्यता'मा बजार छ । अहिले बजार झनै अनिश्चित हुँदै गएको छ । बजारमा थुप्रैखाले उतारचडापहरु देखिन थालेका छन । हामी लगानीकर्ताहरुले सधै बुझ्नुपर्ने कुरा के हो भने नियमित बजारमा कहिल्लैपनि उछाङ्ग आउदैन । अहिले बजारले फरक रुप धारण गरेको छ । होस् गर्नुहोला अनावश्यक रुपमा हल्लैहल्लाबाट नयाँ ईन्डेक्समा पर्नुहोला । 

हुन त एउटै न्युजले सधै बजार बढ्ने पनि हुदैन र घट्नेपनि हुँदैन । चुनाव हुँदैमा बजारले उछाङ्ग मार्दैन र नहूदैमा संकटपनि आउदैन । यस्तो भ्रम त्याग्नु जरुरी छ । बजारको वाईङ प्रेसर र शेलिङ प्रेसरको नियम बुझ्नुहोला । बजारलाई राजनैतिक , आर्थिक , सामाजिक र प्राविधीक उतार चडापले प्रत्यक्ष प्रभाव पारेको हुन्छ। नेपालको राजनितिक परिस्थिति संकरमणमै छ । प्रतिपक्षको सहमति विना संविधान संसोधन हुन सक्ने स्थिति छैन । संविधान संसोधन विना चुनाबमा नजाने रणनिति मेधेशी मोर्चाका अभिव्यक्ती बाट बुझिन्छ । प्रमुख प्रतिपक्षीदलले आफ्ना अडान दोहोराएको छ । 

अघिल्लो दिन गरेको सहमति अर्को दिन उल्टिएका धेरै उदाहरणहरु तपाई हामीहरुसँग छन् । बजेटबारे अन्यौल कायमै छ । बैकहरुले बचतको ब्याजदर अझै घटाउन सकेका छैनन् । राष्ट्रिय स्तरकै बैकले बचत खतामै ८ प्रतिशत ब्याज दिनुले आगमी दिनमा ब्याज बढ्ने निश्चित प्राय: छ । वाणिज्य बैंकहरुकोमात्र नभई बिकास बैंक र फाइनान्सको पनि पुँजी लागत र कर्जाको ब्याजदरमा उच्च वृद्धि देखिएको छ । 

पटक–पटक ब्याजदर बढेको एसएमएस बैंकहरुबाट आउन थालेपछि व्यवसायीहरु तनावमा परेका समाचारहरु सार्वजनिक भैरहेका छन् । यो अर्थतन्त्रले नेपाली पुँजीबजार धान्नै नसक्ने स्थिति हो । सधै सेयर दलाल र ठूला लगानीकर्ताहरुले सही सल्लाहनै दिन्छन भन्ने हुँदैन । सेयर दलालहरु सकेसम्म बजारलाई आफु अनुकुल बनाउने प्रयास गर्ने गर्छन् । 

उनीहरुले दिएको सल्लाहलाई आफ्नै अध्ययन, बिश्लेषण र विवेकले निर्णय गर्नु उचित हुनेछ । सेयर बजार घटेको बेला बजार प्रबेश गर्ने र मूल्य बढेको बेला बेचेर नाफा सुरक्षित गर्ने सेयर बजारका सहि तरिका हुन् । अहिलेको बजारलाई सुरक्षित लगानीको हिसाबले हेर्दा यो ज्यादै ठूलो जोखिम हो । यस्ता बेलामा जोखिम उठाउँदा कति उचित होला आफै विचार गर्नुहोला ।


Published Date : Tuesday, April 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , , ,

Loading...