×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफले १०% बोनस दिदै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सले १०% बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १०% बोनस सेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, कम्पनीले कर प्रयोजनका लागि ३४ लाख ५३ हजार ९४७ रुपैयाँ नगद लाभांस बाँड्नेछ । 
यता, कम्पनीले १०% बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीमा ४०% हकप्रद सेयरसमेत निष्कासन गर्ने भएको छ । कम्पनीको यो प्रस्तावलाई नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । यसअघि कम्पनीले ५% बोनस सेयर दिने प्रस्ताव गरिसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्सुरेन्स १ करोड ७८ लाख ६४ हजार रुपैयाँले नोक्सानमा छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: