×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रमा सिंहदेखि प्रेम बानियाँसम्म, यी टेलिभिजन पत्रकार जसलाई प्रिय भयो अमेरिका !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  ‘अमेरिका’ सपनाहरुको एउटा देश । अमेरिका नै जान लालायित थुप्रै नेपालीहरु छन् । त्यहि कारण बर्षौंदेखि सबै कुरा बिर्सेर डिभी भर्नेहरूको संख्या ठुलो छ । यो भीडमा नेपाली पत्रकारहरु पनि हुनु नौलो कुरा होइन । देशमा धेरै राम्रो गरेर पनि अमेरिका हानिएकाहरुदेखि नेपालमा खासै केहि गर्न नसकेपछि अमेरिका हानिएका पत्रकारहरुको लिष्ट लामै छ ।  
सबैलाई भनेरै अमेरिका गएकाहरुदेखि सुटुक्क अमेरिका पलयान हुने पत्रकारहरुको छुट्टाछुट्टै लिष्ट बन्न सक्छ । पछिल्लो समय अमेरिका पलायन हुनेहरुको संख्या अझ बढ्न थालेको छ । त्यसमाथि नेपाली पत्रकारितामा सक्रिय रहेकाहरु त अमेरिका जाने क्रम ह्वात्तै बढेको छ । आखिर  को को पत्रकार हानिए त अमेरिका ?    
नेपाल टेलिभिजनकी चर्चित समाचार वाचिका रहेकी रमा सिंह अहिले अमेरिकामा छिन् । आफ्नी छोरीसँग अमेरिका बसीरहेकी उनी त्यहीं बसेर पनि सक्रिय रुपमा नेपाली समुदायमा कार्यरत छिन् । नेपाल टेलिभिजनको जागिर छोडेर  उनी  अमेरिका भासिएकी हुन् । राजावादी सिंह नेपालमा राजतन्त्रको अन्त्यसँगै उनी अमेरिका हानिएकी हुन् । 
न्यूज २४ टेलिभिजनका पत्रकार प्रेम बानियाँपनि आफ्नी पत्नी र छोरी सहित अमेरिका हानिएका छन् । उनले आफु अमेरिका हानिएको कारणबारे सार्वजनिक रुपमा केहि पनि बोलेका छैनन् । यद्यपी न्यूज २४को जागिर रातारात छोडेर उनी अमेरिका भासिएका थिए ।

कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका पत्रकार तोया दाहाल परिवारसहित अमेरिका छिरेको ३ वर्ष बितिसकेको छ । कान्तिपुरकै खेल सम्पादक रहेका पत्रकार विष्णुहरी घिमिरे हालै अमेरिका पुगेका छन् ।
च्यानल नेपालमा कुनैबेला काम गरेका पत्रकारहरु तारा रावल र थानेश्वर न्यौपाने अहिले अमेरिकामा छन् । उनीहरुले देशमा खासै प्रगति नभएकाले अमेरिका हानिएको कुरा आफ्ना साथीहरुलाई बताउने गरेको उनी निकट केहि साथीहरु बताउँछन् । च्यानल नेपालकै अर्का पत्रकार पुरुषोत्तम ढकाल पनि अमेरिकामा छन् ।
एभिन्यूज टेलिभिजनमा लामो समय काम गरेका पत्रकार सुदीप पोखरेलपनि पत्नीसहित अमेरिका पुगेका छन्। उनी एभिन्यूज पछी हिमालय टेलिभिजनमा समाचार संयोजक भएर काम गरेका थिए । एभीन्युजकै टेलिभिजन पत्रकार माधुरी विष्टपनि अहिले अमेरिकामा छिन् । एभिन्यूजहुँदै  कान्तिपुर टेलिभिजनमा काम गरेका पत्रकार मनोज घिमिरे पनि अमेरिकामा छन् ।
 
एबिसी टेलिभिजनमा काम गरेका पत्रकार किशोर पन्थी र सूर्य थापापनि अमेरिकामा छन् । यसो त किशोर पन्थी अहिलेपनि पत्रकारितामा सक्रिय छन् । यता माउन्टेन टेलिभिजनमा कुनै बेला समाचार प्रमुख रहेका पुरुषोत्तम लम्साल अहिले अमेरिकामा छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: