अल्पाइनले पायो ६९.३३% हकप्रद जारी गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल धितोपत्र बोर्डले अल्पाइन डेभलपमेन्ट बैंकलाई ६९.३३% हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएका छन् । बैंकले प्रति किता १०० रुपैयाँको दरले १८ करोड ३ लाख २४ हजार ७०० रुपैयाँको १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । ३ः२.०८ अनुपातमा आउने यो हकप्रदमा एनएमबि क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल बैंकको चुक्ता पुँजी २६ करोड ७५ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्र्रो त्रैमासमा अल्पाइनले ३ करोड ४३ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ४६ पैसा छ । 
प्रकाशित : Monday, May 22, 2017

recent

Popular Posts