×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना

बाजुरा  – बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । दुई जनाको जीवितै उद्दार गरिएको छ । यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।
त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । विमानमा रहेका दुई जनाको जीवितै उद्दार गरिएको छ ।
विमानको इन्जिन चालु अवस्थामा रहेका कारण उद्दारमा केही कठिनाइ भएको छ । साथै विमानमा कति मानिस थिए भन्ने समेत खुल्न सकेको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: