राष्ट्रपतिले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
Powered by Blogger.
राष्ट्रपतिले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ  – सरकारले आफ्ना नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने भएको छ । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

व्यवस्थापिका संसद्को बिहीबार दिउँसो ४ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्था छ ।

सरकारले यसपटक नयाँ कार्यक्रम नल्याएर पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको छ । एमालेलगायत प्रतिपक्ष दल र निर्वाचन आयोगले नयाँ नीति तथा कार्यक्रम नल्याउन सुझाव दिएपछि सरकारले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

सरकारले पुरानै नीति तथा कार्यक्रम ल्याउन लागेपछि स्थानीय तह थपको विरोधमा संसद् अवरुद्ध गर्दै आइरहेको एमालेले कुनै प्रतिक्रिया जनाएको छैन ।

पुरानै कार्यक्रमलाई निरन्तरता दिइए पनि संघीय संरचनामा ढालेर पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारी तयारी छ । नीति तथा कार्यक्रममा संघीय संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका योजना र प्राथमिकता तोकिएका छन् । - काठमाडौँ टुडे 

प्रकाशित मिति : Thursday, May 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...