माओवादीका उम्मेदवारको घरमा बम भेटियो
Powered by Blogger.
माओवादीका उम्मेदवारको घरमा बम भेटियो

नवलपरासी - नवलपरासीको कावासोती नगरपालिकाको प्रमुख पदका उम्मेदवारको घरमा बम भेटिएको छ । माओवादी केन्द्रका डासीराम बस्यालको कावासोती १७ स्थित घरको बरण्डाका बुधबार राति अज्ञात समूहले सकेट बम राखेको प्रहरीले जनाएको छ ।

घरका परिवारले बिहाल संकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बज्रदल गणको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बस्याललाई उम्मेदवारी फिर्ता लिन भन्दै केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीले पत्र लेखेको थियो ।

यसअघि मंगलबार राति मध्यविन्दु नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार भीमलाल अधिकारीको घरको गेटमा विष्फोटक पदार्थ भेटिएको थियो ।

प्रकाशित मिति : Thursday, May 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...