×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेन्ट्रल फाइनान्सले ५०% हकप्रद जारी गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सेन्ट्रल फाइनान्सले ५०% हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी बढाउन ५०% हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई आगामी साधारण सभा र नियामक निकायले अनुमति दिएपछि मात्र कार्यान्वयनमा आउनेछ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेन्ट्रलले २ करोड १५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको चुक्ता पुँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ छ । सेन्ट्रलले हालैमात्र भक्तपुर फाइनान्सलाई गाभेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । दोस्रो त्रैमासको रिपोर्ट अनुसार सेन्ट्रलको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ १० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: