×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राजपाको काँधमा बन्दुक राखेर गोली पड्काउने कांग्रेस माओवादीको दाउ

काठमाडौँ – नेपालमा कहिले स्थिरता र दिगो शान्ती देख्न नचाहने एउटा समूह वाँकी चारवटा प्रदेशमा निर्वाचन भाड्न सक्रिय रहेको तथ्य फेला परेको छ । सो समूहले मधेसी दल (विशेषगरी राजपा)लाई काँधमा बोकेर नेपालको राजनीति खलबल्याउन सक्रिय रहेको भेटिएको छ । यस्को प्रमाण खोज्न पछिल्ला तीन दिन यताको घटनाक्रम नियाले पुग्छ ।
एउटै मुलुकका तीनवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु र बाँकी चारवटा प्रदेशमा माहोल तयार भइरहेको थियो । तीन प्रदेशमा एमाले अगाडि देखिए पछाडि बाँकी स्थानमा चुनाव सार्ने वा भाड्ने नाममा अहिले एउटा समूह नै सक्रिय रहेको भेटिएको हो ।
जनता स्थानीय तहको निर्वाचनमा मतदान गरी नेता चुन्न आतुर रहेकै समयमा केही विदेशी एजेण्डहरुले मधेशवादीलाई उचालेर चुनावको मिति सार्ने र अस्थिरता पैदा गर्ने खेलमा लागेका भेटिएको छ । यस्को पछिल्लो कडी हो मधेशवादी दल(विशेष गरी राजपा)का नेताहरु र भारतीय दूताबासका अधिकारीहरुबीच दैनिकजसो भेटघाट । स्रोतका अनुसार बाँकी निर्वाचन क्षेत्रमा निर्वाचन भाड्न कांग्रेसका केही उच्चस्थ नेताहरु नै सक्रिय रहेका छन ।
स्रोतका अनुसार गत बिहीबार राति समेत करिब ४ घण्टा भारतीय दूताबासमा राजपाका नेताहरुको बैठक बसेको उच्च स्रोत दाबी गर्छ । पहिलो चरणको निर्वाचनअघिदेखि नै भारतको गुप्तचर संस्था ‘रअ’का केही एजेण्टहरुले समेत ठूला दलका नेताहरुलाई बाक्लो भेटघाट गरेका थिए । अहिले समेत ती एजेण्टहरुले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुलाई समेत निरन्तर भेट गरिरहेका स्रोतहरुले बताएका छन् ।
भारतीयहरुसँगको भेटघाट पछाडि नै हो राजपाका नेताहरुले आन्दोलमा जाने घोषणा गरेको । यो सबै बुझ्न पछिल्ला एक तीन दिन यता नेपाली राजनीतिमा देखिएको घटनाक्रमलाई केलाए पुग्छ । जस्तो: शनिवार बिहान सभामुखको समन्वयमा बसेको तीन दलको बैठकमा कांग्रेसका शीर्ष नेताहरुबाट राजपालाई देखाउँदै उनीहरुबाट चुनावमा सहभागिताको ग्यारेण्टी भए जेठ ३१ गतेको चुनाव सार्नुपर्ने धारणा आधिकारिक रुपमा व्यक्त गरे ।
यही धारणा कांग्रेस पार्टी कार्यलय सानेपामा राजपा नेताहरुसँगको भेटवार्ता गरिँदा समेत व्यक्त गरे कांग्रेसका नेताहरुले । गृहमन्त्री विमलेन्द्र निधिले त  हाक्काहाक्की भनिदिए–‘राजपाका साथीहरु आउँछन् भने जेठ ३१ गतेको चुनाव केही दिनका लागि पछाडि सार्न सकिन्छ ।’ यी घटनाक्रमबाटै प्रष्ट हुन्छ चुनाव सार्ने कुन स्तरमा चलखेल भइरहेको छ भन्ने कुरालाई पुष्टि गर्न पर्याप्त छन् । पछिल्ला यी घटनाक्रमलाई हेर्ने हो भने माओवादी केन्द्र समेत आन्तरिक रुपमा कांग्रेससँगै मिलेर चुनाव सार्ने चलखेलमा लागेको देखिन्छ ।
मधेशवादी दलका नेताहरुलाई अगाडि सारेर जेठ ३१ गतेको चुनाव अनेक बाहानाबाजीमा सार्ने र आफ्नो स्वार्थ अनुकुलको अवस्था तयार गरेर मात्र चुनावको मिति तोक्ने भित्री चलखेल रहेको स्रोतहरुको दाबी छ । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: