गरिमा बैंकको ७०% हकप्रद भर्ने अन्तिम दिन आज
Powered by Blogger.
गरिमा बैंकको ७०% हकप्रद भर्ने अन्तिम दिन आज

  • अर्थ सरोकार सम्वाददाता
काठमाडौं : गरिमा विकास बैंकको ७०% हकप्रद भर्ने आज (बुधबार) अन्तिम दिन हो । बुधबार बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले वैशाख १४ देखि १०ः७ अनुपातमा ९० लाख ७६ हजार २९६.६६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ७०% हकप्रदको बाटो रोजेको हो । 

हकप्रद निष्कासनपछि गरिमाको चुक्ता पुँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५.७ रुपैयाँ हुनेछ । यस हकप्रदमा चैत २९ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । एस क्यपिटल लिमिटेड लालदरवार काठमाडौं तथा एस डेभलपमेनट बैंकको केन्द्रीय कार्यालयसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, महालक्ष्मी विकास बैंकको धनगढी, कैलाली, महेन्द्रपुर कञ्चनपुर शाखा तथा एक्सेल डेभलपमेन्ट बैंकको मुख्य कार्यालय बिर्तामोड झापा र शाखा कार्यालय धरान रोड, बिराटनगरबाट पनि सेयर भर्न सकिनेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गर्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब २९ करोड ६६ लाख १३ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमाले २४ करोड ८५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ १७ पैसा छ ।


Published Date : Wednesday, May 31, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...