सुनचाँदीको मूल्य घट्यो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ३ सयले घटेर प्रति तोला ५४ हजार ४ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ६० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ६ सय ४० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ५१  रुपियाँ ५ पैसा कायम गरेको छ।  
प्रकाशित : Tuesday, May 02, 2017
,
Loading...

recent

Popular Posts