घट्यो सुनको मूल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५३ हजार ५  सयमा कारोबार भएको छापावाला सुन बिहिबार २ सयले घटेर ५३ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदी पनि सोहि मूल्य प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ६ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३४ रुपियाँ पाँच पैसा कायम गरेको छ। 
प्रकाशित : Thursday, May 11, 2017
,
Loading...

recent

Popular Posts