सुनचाँदीको मूल्य वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । मंगलबार प्रति तोला ५३ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बुधबार २ सयले वृद्धि भएर प्रति तोला ५३ हजार ७ सयले कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले वृद्धि भएर प्रति तोला ७ सय ५० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ४० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ४३ रुपियाँ पाँच पैसा कायम गरेको छ। 
प्रकाशित : Wednesday, May 17, 2017
,

recent

Popular Posts