घट्यो सुनचाँदीको मूल्य
Powered by Blogger.
घट्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार २ सयले घटेर प्रति तोला ५४ हजार ५ सयले कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ७ सय २५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ४३ रुपियाँ पाँच पैसा कायम गरेको छ। 

प्रकाशित मिति : Friday, May 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...